प्युठानमा दम्पतीको हत्या पुष्टि, अनुसन्धान जारी

Published on

काठमाडौँ । शनिवार दिउँसो मृत अवस्थामा फेला परेका दम्पतीको हत्या पुष्टि भएको छ। प्रारम्भिक अनुसन्धानबाट माण्डवी गाउँपालिका–२ रातापानी निवासी ६० वर्षीय रामबहादुर परियार र ५६ वर्षीया हुकुमा परियारको हत्या भएको पुष्टि गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

दम्पतीको टाउको र शरीरका विभिन्न भागमा चोटहरूको निशान पाइएको छ, जसबाट घातक हतियार प्रयोग गरेर बीभत्स तरिकामा हत्या गरिएको देखिएको प्रारम्भिक अध्ययनले सङ्केत गरेको प्रहरी निरीक्षक निरञ्जन रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्याल र प्रहरी निरीक्षक केशव केसीसहितको अनुसन्धान टोली शनिवारदेखि नै घटनास्थलमै रहेको प्रहरी निरीक्षक रिजालले बताउनुभयो । उहाँले भन्नुभयो,’ घटना हेर्दा हत्या भएको देखिन्छ, हामी अनुसन्धानको नजिक पुगेका छौँ।’

घटनास्थललाई सिलबन्दी गरी म्यानुअल र प्राविधिक तवरबाट अनुसन्धान अगाडि बढाइएको छ। अनुसन्धान टोलीले शङ्कास्पद व्यक्तिहरूसँग सोधपुछ गर्दै, सबुत प्रमाणहरू जुटाउने र थप प्रमाण सङ्कलन गर्न कुकुरको मद्दत लिइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले बताएको छ। आफ्नै घरमा सुतेका दम्पती बिहान अबेरसम्म नउठेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी बस्यालका अनुसार मृतक दम्पती घरमा एक्लै बस्दै आएका थिए। उनीहरूका चार छोरा छिमेकी देश भारतमा बस्दै आएको र दुई छोरी विवाह भई दाङतिर बस्दै आएका थिए।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...