ग्रिनेड विस्फोट हुँदा दुई बालबालिकाको मृत्यु

Published on

काठमाडौँ । कम्बोडियामा भएको गृहयुद्धताका प्रयोग भएको विश्वास गरिएको हवाइ आक्रमणका लागि प्रयोग भएको ग्रेनेड घर नजिकै विस्फोट हुँदा कम्बोडियाका दुई बालबालिकाको मृत्यु भएको एक अधिकारीले आइतबार बताएका छन् । सन् १९८० र १९९० को दशकमा कम्बोडियाली सरकारी सैनिक र खमेर रुज लडाकुका लागि युद्धस्थल रहेको उत्तरपश्चिमी सिम रिप प्रान्तको दुर्गम गाउँमा शनिबार विस्फोट भएको हो । मृत्यु हुनेमा दुई वर्षका एक बालक र एक बालिका छन् । कम्बोडियन माइन एक्सन सेन्टर (सीएमएसी) का महानिर्देशक हेङ रतनाले एएफपीसँग भन्नुभयो, “अनुसन्धान प्रतिवेदनअनुसार दुई जना बालबालिका खेल्ने क्रममा जमिनमा माटो खनिरहेको बेला खन्ने औजारले ग्रिनेडलाई कोप्दा विस्फोट भएको र विस्फोटका कारण ती दुई बालबबालिकाको ज्यान गएको छ ।”

उहाँका अनुसार एक बालकको घटनास्थलमा नै मृत्यु भएको छ भने अर्का एक बालकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । “कम्बोडियामा पूर्ण रूपमा युद्ध समाप्त भएको छ र २५ वर्षभन्दा बढी समयदेखि शान्ति छ तर बारूदी सुरङ् र युद्धका अवशेषका कारण कम्बोडियाली जनताको रगत बगिरहेको छ,” हेङ रतनाले भन्नुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० दिनका लागि विदेशी सहायता रोक्का गर्ने आदेश दिएपछि वासिङ्टनले अचानक आर्थिक सहयोग रोकेपछि कम्बोडियाले केही हप्ताका लागि डिमाइनिङ अपरेसन आंशिक रूपमा स्थगन गरेका समय यो दुर्घटना भएको हो ।

शुक्रबार कम्बोडियाली अधिकारीहरूले अमेरिकाले देशमा कामको लागि वित्त पोषण जारी राख्नको लागि छुट प्रदान गरेपछि नफुटेका युद्ध सामग्रीहरू सफा गर्ने कार्यलाई निरन्तरता दिइनुपर्ने बारूदी सुरूङ सफाइ अधिकारीले बताएका छन् । कम्बोडियामा सन् १९६० को दशकदेखि सुरु भएको दशकौँ लामो युद्धका समय फ्याँकिएका गोलाबारुद र हातहतियार अहिले पनि व्यापक रूपमा भेटिने गरेका छन् । सन् १९९८ मा ३० वर्षभन्दा लामो गृहयुद्ध अन्त्य भएपछि कम्बोडियामा विस्फोटक पदार्थ हटाउन विश्वको सबैभन्दा बढी समय लगानी गरी ती हतियारलाई उत्खनन गरिएको छ । सन् १९७९ यता बारूदी हतियारका विस्फोटका कारण २० हजार जनाको मृत्यु भएको र त्योभन्दा दोब्बर घाइते भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

गत महिना कम्बोडियाको धानखेतबाट दशकौं पुरानो विस्फोटक पदार्थसहितको ट्याङ्की हटाउने क्रममा दुई जना कम्बोडियाली अधिकारीको मृत्यु भएको थियो भने एक गाउँलेको खेतमा अलपत्र छोडिएको पुरानो बम विस्फोट हुँदा मृत्यु भएको थियो । कम्बोडियामा करिब एक हजार ६०० वर्गकिलोमिटर (६२० वर्ग माइल) भन्दा बढी भूमि अझै सफा गर्न बाँकी छ जसले गर्दा लगभग १० लाख कम्बोडियालीहरू युद्धका अवशेषहरूबाट प्रभावित छन्। कम्बोडियाले सन् २०२५ सम्ममा खानीमुक्त बनाउने लक्ष्य राखेको थियो तर सरकारले आर्थिक चुनौती र थाइ सीमामा भेटिएका नयाँ गोलाबारूदका कारण उक्त समयसीमालाई पाँच वर्ष पछाडि सारेको छ । रासस/एएफपी

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...