झुण्डिएको अवस्थामा मृत फेला

Published on

काठमाडौँ । म्याग्दीको तुलसी पुन मगर दक्षिण कोरियामा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका –१, निस्कोटस्थित जुबाङ घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियाको मोक्पो छल्लानाम्दो उल्सानस्थित छुकसान बङ्गुर फार्ममा कार्यरत कामदार तुल्सी पुन मगर शनिबार राति साढे १ बजेको समयमा सोही फार्मनजिक रहेको पुलमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको हो ।

मृतक तुल्सीका काकाको छोराभाइ सुजन पुनले दाजु तुल्सीसँगै एउटै कम्पनीमा कार्यरत अर्का कामदार मिलन तामाङले फोनमार्फत भन्नुभएको भनाइलाई उद्धृत गर्दै भन्नुभयो, ‘‘दाजुसँगै कम्पनीमा काम गर्ने साथी मिलन तामाङले साहुको अत्याचार र दुर्वव्यवहार सहन नसकेर तपाईको दाइ तुल्सीले फार्मनजिक रहेको पुलमा झुण्डिएर आत्महत्या गरेको हामीलाई जानकारी दिनुभएको छ । ’’ तुल्सी गत असोजमा मात्र इपिएसमार्फत त्यहाँ पुग्नुभएको थियो । कोरियामा तुल्सीको मृत्यु भएको खबरले परिवारका सदस्य शोकमा डुब्नुभएको छ । कोरियाबाट म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) दक्षिण कोरियाका अध्यक्ष दुर्गा भण्डारी र पत्रकार मनोज गुरुङले तुल्सीको मृत्यु भएको र शव अहिले प्रहरीले लगेर अस्पतालमा राखेको जानकारी दिनुभयो ।

पत्रकार गुरुङका अनुसार, आत्महत्या वा हत्या भन्ने बारेमा थप छानबिन हुन बाँकी छ । मृतक तुल्सीका घटनाबारे कोरियास्थित नेपाली राजदुतावास, एनआरएनए, एमटियु, मोनालगायत नेपालीले चासो दिएका छन् । मृतक तुल्सीका परिवार, कोरियास्थित नेपाली राजदुतावास, एनआरएनए, एमटियु, मोनालगायत नेपालीले घटनाबारे गम्भीर अनुसन्धान गर्न र सङ्लग्न दोषीलाई कडा कारबाही गर्न त्यहाँको सरकारसँग माग गरेका छन् । मृतक तुल्सी पुन मगरका एक दाजु र एक बहिनी हुनुहुन्छ । बुबाआमाको पहिले नै निधन भइसकेको छ । मृतक तुल्सीका काका छोराभाइ सुजन पुनका अनुसार कोरियन भाषा (इपिएस) परीक्षा पास गरेर गत असोजमा मात्र कोरिया पुग्नुभएका २८ वर्षिय तुल्सी त्यसअघि रोजगारीको सिलसिलामा साउदी अरेबीयामा एक वर्ष बसेर कोरिया जाने उद्देश्यसहित घर आउनुभएको थियो ।

spot_img

ताजा समाचार

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

 काठमाडौं । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग,...

मध्यपूर्वमा द्वन्द्व चर्किदै, वार्ता अनिश्चित

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण...

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

काठमाडौं । प्युठान जिल्ला अस्पताल, बिजुवारमा मिर्गौला रोगीका लागि डायलोसिस सेवा सुरु भएको छ...

शेषमती कोरिडोरका अनाधिकृत संरचना हटाइयो

काठमाडौं । काठमाडौँको तारकेश्वरस्थित शेषमती कोरिडोरमा बनाइएका अनाधिकृत संरचना हटाइएको छ। अनाधिकृत रूपमा निर्माण...