केआईआईटीद्वारा नेपाली विद्यार्थीलाई फर्कन पुनः आग्रह, यात्राको सबै खर्च ब्यहोर्ने

Published on

काठमाडौँ । भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाल फर्किएका नेपाली विद्यार्थीहरुलाई नियमित कक्षामा फर्कन आग्रह गर्दै यात्राको सबै खर्च बेहोर्ने बताएको छ । विश्वविद्यालयले अभिभावकहरुलाई एक अनुरोध पत्र लेख्दै नेपालबाट फर्कनका लागि लाग्ने सबै खर्च समेत आफैँले बेहोर्ने उल्लेख गरेको हो । विश्वविद्यालयका उपकुलपति सरञ्जित सिंहद्वारा हस्ताक्षरित पत्रमा यही फेब्रुअरी १८ देखि नियमित रुपमा कक्षा सञ्चालन भइसकेको समेत उल्लेख गरिएको छ ।

“विश्वविद्यालयका सबै शैक्षिक कार्यक्रम तथा प्रक्रिया पुनः सञ्चालन भइसकेका छन् । विद्यार्थीहरूलाई छिटोभन्दा छिटो कलेज फर्कन अनुरोध गर्दछौँ”, पत्रमा भनिएको छ, “विश्वविद्यालयमा फर्कनका लागि बस, रेल वा हवाई यात्राको सम्पूर्ण खर्च विश्वविद्यालयले बेहोर्ने छ ।” विश्वविद्यालयले विद्यार्थी सुरक्षामा पनि प्रतिबद्धता जाएको छ । उसले विद्यार्थीहरूको सुरक्षालाई पहिलो प्राथमिकता दिँदै अभिभावकलाई ढुक्क रहन समेत आग्रह गरेको छ । साथै यस अवधिमा छुटेका कक्षा वा प्रयोगशालाहरू विद्यार्थीहरूको शैक्षिक, करियर तथा रोजगारीको अवसरमा असर नपर्ने समेत विश्वास दिलाएको छ । साथै विश्वविद्यालयका होस्टल वा स्कुलबाट कुनै किसिमको सहमति वा हस्ताक्षर माग्ने कुनै प्रावधान नरहेको स्पष्ट पार्दै अन्य स्रोतबाट आएको गलत सूचनालाई वेवास्ता गर्न समेत आग्रह गरिएको छ ।

विश्वविद्यालयमा हाल ६५ भन्दाबढी मुलुकका तीन हजारभन्दा बढी विदेशी विद्यार्थी अध्ययन गरिरहेको बताइएको छ । विश्वविद्यालयसँग सम्बन्धित कुनै जिज्ञासा भए डा विकाश संवत् ९९८७३६६६०७२० वा डा ममता धिताल ९७८५५०२९३२२० लाई सम्पर्क गर्न सकिने जनाइएको छ । केआईआईटीमा अध्ययनरत एक नेपाली छात्राको मृत्यु र त्यसपछि उत्पन्न तनावको व्यवस्थापनमा नेपाल सरकारले गरेको कूटनीतिक प्रयासपछि कलेजले नेपाली विद्यार्थीलाई फर्कन पटक पटक आह्वान गरिरहेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...