लोप भएको आशंका गरिएको खैरो झाडीफिस्टो चितवनमा पर्‍यो फेला

Published on

अरुण डगौरा । नेपालबाट लोप भएको आशंका गरिएको खैरो झाडीफिस्टो चितवनको भरतपुर महानगरपालिकास्थित दिव्यनगर खेतबारीमा फेला परेको छ । चराविद् प्रताप गुरुङले मङ्सिर २३ गते उक्त क्षेत्रमा चरा अवलोकन गर्ने क्रममा दिउँसो १२ः०९ मा उक्त प्रजातिको चरा आफ्नो क्यामेरामा रेकर्ड गर्नुभएको नेपाल पन्छीविद सङघका कार्यकारी निर्देशक लक्ष्मण पौडेलले बताए । उनका अनुसार सङ्घले प्रेस विज्ञप्ति निकालेर उक्त जानकारी दिएको हो । उनले भने,“यो खैरो झाडीफिस्टो चरा नेपालबाट लोप भइसकेको भनिरहँदा सय वर्षपछि चितवनमा फेरी देखा परेको छ । यसअघि हडसनले सन् १८४५ तिर नेपाल घुम्न आउँदा देखेका थिए ।” उनका अनुसार प्रताप गुरुङलाई चरा देखेर नौलो लागेपछि यसको तस्बिर खिचेर प्रारम्भिक पहिचान गरेका थिए ।

नेपालमा १९औ शताब्दीपछि यो चराको पछिल्ला वर्षहरूमा कुनै पनि अभिलेख नरहनु र अहिले फेरि भेटिनुले सय वर्षपछि चरा भेटिएको मान्न सकिने नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा. तुल्सी सुवेदीले बताए । उनका अनुसार हडसनले यो चरालाई १८४५ तिर देखेपछि खैरो झाडीफिस्टोलाई नेपालमा पाइने चराको सूचिमा राखिएको थियो । पुस ८ गते(२३ डिसेम्बर २०२४) चराको एकिन पुष्ट्याईका लागि प्रताप गुरुङले बर्ड रेकर्ड कमिटि (एनबीआरसी) मा विवरण र तस्बिरहरु पठाउनुभएको थियो । एनबीआरसीले प्राप्त विवरणहरुको अध्ययन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पन्छीविदहरुसँग रायसुझाव सङ्कलन गरेपछि यसको पहिचान पुष्टि गरेको हो ।

डा. सुवदीका अनुसार खैरो झाडीफिस्टोको अङ्ग्रेजी नाम Brown Bush Warbler हो । यसको वैज्ञानिक नाम Locustella luteoventris (Hodgson,1845) हो । यो चरा Passeriformes वर्गको Locustellidae परिवारमा पर्दछ । यो खासगरी भुटान, चीन, भारत, म्यानमार, भियतनाम, र थाइल्यान्डमा आवासीय रुपमा पाइन्छ । नेपालमा १९औँ शताब्दीको अभिलेखबाहेक यसलाई नेपालबाट लोप भएको सूचीमा राखिएको थियो । यो चरा पुनः फेला परेसँगै अब लोप भएको सूचीबाट नेपालमा पाइने चराको सूचीमा समावेश भएको छ । नेपालमा पाइने चराको खोजी गर्न डा. सुवेदीको ६ जनाको टिम र २ जना सल्लाहकार रहेको बताए । उनको टिममा टीकाराम गिरी (चितवन), हठन चौधरी (चितवन), तुलसी सुवेदी (अर्घाखाँची), सन्दीप आचार्य (सुनसरी) मनशान्त घिमिरे (कास्की) र बेलायती नागरिक क्यारोल रहेका छन् । क्यारोल नेपालमा भने सन् १९७७ देखि (झण्डै ४० वर्ष) चराको बारेमा खोज अनुसन्धान गर्दै आएको र चराको पुष्टि गर्न भरपुर सघाइरहेको डा. सुवेदीले बताए । डा. हेमसागर बराल र बेलायती नागरिक क्यारोलले चराको बारेमा सल्लाह दिँदै आएको उनको भनाइ छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...