युक्रेनसँग शान्ति वार्ताको सम्भावनाबारे क्रेमलिन सकारात्मकः क्रेमलिन

Published on

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग तीन वर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि वार्ताका लागि तयार रहेको घोषणा गर्नुलाई रूसी प्रशासनिक केन्द्र (क्रेमलिन) ले ‘सकारात्मक’ भनेको छ । युक्रेन र प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकाबिच अकल्पनीय विवादबिच युक्रेनी नेता जेलेन्स्कीले मङ्गलबार आफू ‘स्थायी शान्तिलाई नजिक ल्याउन जतिसक्दो चाँडो वार्ताको टेबलमा आउन तयार रहेको’ बताउनुभएको थियो । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले एएफपीको एक प्रश्नको जवाफमा भन्नुभयो, “यो दृष्टिकोण सामान्यतया सकारात्मक छ ।” अमेरिकी कङ्ग्रेसलाई सम्बोधन गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीबाट प्राप्त पत्रलाई ठुलो स्वरमा पढेर सुनाउनुभएको थियो जसमा युक्रेनी नेताले आफू शान्ति वार्ताका लागि तयार रहेको बताउनुभएको थियो । क्रेमलिनले जेलेन्स्कीसँग वार्ता गर्ने कि नगर्ने भन्नेमा पटक-पटक शङ्का व्यक्त गर्दै आएको छ । 

बुधबार पेस्कोभले जेलेन्स्कीले जारी गरेको आदेशको हवाला दिँदै पुटिनसँग प्रत्यक्ष वार्ता गर्न नमिल्ने बताउनुभएको थियो । युक्रेनी नेताले धेरै पटक पुटिनलाई भेट्न आफू इच्छुक रहेको बताउँदै आउनुभएको छ । यद्यपि, किएभ र उसका पश्चिमी सहयोगीहरूले वार्ताको साझा अडानमा सहमति जनाएपछि मात्र यो सम्भव हुने बताउनुभएको छ ।  मस्कोले सन् २०१९ मा राष्ट्रपतिमा निर्वाचित भएपछि जेलेन्स्कीको पाँच वर्षे कार्यकाल समाप्त भएको भन्दै वार्ताका लागि वैध नेता नभएको आरोप लगाएको छ । युक्रेनको सैनिक कानुनअनुसार युद्धकालमा चुनावमाथि प्रतिबन्ध लगाइएको छ । जेलेन्स्कीका प्रमुख युरोपेली समर्थकहरूले रुसको पूर्ण आक्रमणका बिच मतदान स्थगनको समर्थन गरेका छन् । 

यद्यपि, ट्रम्पले युक्रेनी नेता स्वदेशमा व्यापकरूपमा अलोकप्रिय भएको झूटो दाबी गर्नुभएको छ र उहाँलाई चुनाव गराउन आह्वान गर्नुभएको छ । गत शुक्रबार अमेरिकी राष्ट्रपतिको कार्यालय (ओभल अफिस) मा जेलेन्स्कीसँग भएको चर्काचर्कीपछि ट्रम्पले किएभलाई अमेरिकी सैन्य सहायता रोक्ने घोषणा गर्नुभएको थियो ।   ट्रम्पले युक्रेनलाई मस्कोको पक्षमा रहेको शान्ति सम्झौता स्वीकार गर्न बाध्य पार्न खोजेको हो कि भन्दै किएभ र युरोपभरि नै आशङ्का व्यक्त गरिएको छ । यसैबिच रुसी सेनाले युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रको अर्को एउटा सानो गाउँ कब्जामा लिएको मस्कोस्थित रक्षा मन्त्रालयले जनाएको छ । अमेरिकास्थित इन्स्टिच्युट फर द स्टडी अफ वार (आइएसडब्लु) को तथ्याङ्कअनुसार रुसले धेरै जमिन कब्जा गरे पनि फेब्रुअरीमा रुसको प्रगतिको गति सुस्त भएको छ । रासस/एएफपी 

spot_img

ताजा समाचार

गहवामाइको डोलीयात्राको अवसरमा रक्तदान

काठमाडौं । शक्तिपिठको रुपमा पर्सा जिल्लामा मात्र नभइ यस भेगमा प्रख्यात माइस्थान गहवामाइ मन्दिरको...

ग्रामीण सडकमा ट्राफिक सचेतना कार्यक्रम

काठमाडौं । ट्राफिक कार्यालय बागलुङले सवारी दुर्घटना न्युनीकरणका लागि ग्रामीण सडकमा चल्ने सवारी, चालक...

सेतो मच्छिन्द्रनाथ जात्राको तयारी

काठमाडौं । काठमाडौँको जमल तीन धारा पाठशाला अगाडि सेतो मच्छिन्द्रनाथको रथ निर्माण अन्तिम चरण...

निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले  जनप्रतिनिधिको काँधमा ठूलो दायित्व...