अपाङ्गताको अवस्थामा कमि ल्याउन स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्नुपर्ने

Published on

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले अपाङ्गताको अवस्थामा कमि ल्याउन स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले कोशिश नेपाल, दलित अपाङ्गता सङ्घ नेपाल, र राष्ट्रिय आदिवासी अपाङ्ग महिला सङ्घद्वारा राजधानीमा आयोजित राष्ट्रिय अपाङ्गता सम्मेलनलाई सम्वोधन गर्दै स्वास्थ्य समस्या हुँदैमा व्यक्तिले गुणस्तरीय उपचार सेवा पाउन सके अपाङ्गता भएका जनसङ्ख्यामा कमि आउने विचार व्यक्त गर्नुभएको हो । उहाँले सरकारले स्वास्थ्य नीति, ऐनको व्यवस्था गरेपनि नीतिसँगै आवश्यक कार्यक्रम र बजेट पनि सँगसगै तयार गर्न नसक्दा समान्य विरामी व्यक्तिले पनि समयमा उपचार नपाउँदा अपाङ्गताको अवस्थासम्म पुग्नुपर्ने वाध्यता बढेको स्वीकार्नुभयो ।

उहाँले स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्याउन स्वास्थ्य विमा प्रभावकारी हुने बताउँदै स्वास्थ्य विमाका लागि कोष बनाएर सबै नागरिकका स्वास्थ्य विमाबाट आवश्यक पर्दा उपचार गर्न पाउने व्यवस्थाका लागि सरकारले काम गरिरहेको बताउनुभयो । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले अपाङ्गताका सवाललाई विश्व मन्चमा प्रस्तुत गर्ने अवसरका लागि जुटेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय महिला आयोगका सदस्य सावित्राकुमारी शर्माले नेपाली समाजमा अपाङ्गता भएका महिलामाथि हिंसा बढिरहेको सन्दर्भमा समाजमा उहाँहरुले सुरक्षित भएर बाँच्न पाउने अवस्थाका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । मानव अधिकार आयोगका सदस्य प्रा. सूर्य ढुङ्गेलले अपाङ्गता भएका व्यक्तिको मानव अधिकार रक्षा, पेशा व्यवसाय गरेर खान पाउने हकलगायतका विषयमा अनुगमन, रणनीति समेत बनाएर आयोगले काम गरिरहेको बताउनुभयो ।

दलित अपाङ्गता सङ्घ नेपालका अध्यक्ष पार्वती पुर्कोटीले दलितमाथि भइरहेको विभेदमाथि पनि अपाङ्गता भएका दलित महिलारकिशोरी अझ बढि यौन हिंसामा पर्ने अन्य व्यक्तिले पनि समाजमा भोग्नु परेका विविध विभेदले समावेशी सवालमासमेत दलितलाई पछि पारेको बताउनुभयो । राष्ट्रिय आदिवासी जनजाति महिला अपाङ्ग सङ्घका संस्थापक प्रतिमा गुरुङले विश्व अपाङ्गता शिखर सम्मेलन २०२५ को सन्दर्भमासमेत आयोजित राष्ट्रिय सम्मेलनमा स्थानीय तहका नेतृत्वहरुले अपाङ्गताका क्षेत्रका खण्डिकृत तथ्याङ्कका लागि सर्वेक्षण गर्न, स्वास्थ्य सेवामा पहुँच पुर्याउन, समावेशी शिक्षा, भौतिक पूर्वाधार अपाङ्गता पहुँचमैत्री बनाउनेलगायतका प्रतिवद्धताहरु गर्नुभएको बताउनुभयो । सो सम्मेलनमा नेपालको तर्फबाट अपाङ्गता भएका व्यक्तिमध्ये पनि न्युन सङ्ख्यामा रहेका, सिमान्तकृत वर्गका समस्या, समावेशी सवाललाई कार्यन्वयन गर्ने लगायतका विविध विषयमा प्रतिवेदन प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...