हमासले बन्धकलाई रिहा नगरे ‘नारकीय’ परिणाम भोग्न तयार हुनुपर्ने : ट्रम्प

Published on

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार गाजामा युद्धरत प्यालेष्टिनी समूहलाई बन्धक त्याग्न वा ‘नरक’को सामना गर्न तयार रहनुपर्ने चेतावनी बुधबार राति दिनुभएको छ । उहाँले हमास लडाकू समूहको नेतृत्वलाई गाजा क्षेत्र खाली गर्न पनि निर्देशन दिनुभएको छ । ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा गरेको पोस्टमा भन्नुभएको छ, “सही निर्णय लिनुहोस्। बन्धकहरूलाई अहिले नै छोडिदिनुहोस्, नत्र पछि यसको परिणाम नरक हुनेछ” उहाँले भन्नुभएको छ, “गाजाका जनताका लागि एक सुन्दर भविष्यले पर्खिरहेको छ तर तपाईंले बन्धकहरू रिहा गर्नुभएन भने त्यो सम्भव हुने छैन ।” सोही पोस्टमा अमेरिकी नेताले हमासलाई भन्नुभएको छ, “सबै बन्धक र तपाईंले हत्या गरेका मानिसहरूका सबै शवहरू पछि होइन तुरून्तै अहिले नै फिर्ता गर्नुहोस्।”

“यो तपाईंको लागि अन्तिम चेतावनी हो ! हमाससँग तपाईंसँग अझै पनि अवसर छ त्यो हो यसले अब गाजा छोड्ने समय आएको छ,” उहाँले लेख्नुभएको छ। उहाँले अगाडि लेख्नुभएको छ, “म इजरायललाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने सबै कुरा पठाउँदैछु, तपाईंले मैले भनेजस्तो गर्नुभएन भने हमासका कुनै पनि सदस्य सुरक्षित हुनेछैनन् ।” सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आकस्मिक आक्रमणमा पक्राउ परेकामध्ये पाँच जना अमेरिकी पनि रहेको विश्वास गरिएको छ । तीमध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने अर्का एडान अलेक्जेन्डर जीवितै रहेको बताइएको छ । इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूका लागि इजरायली बन्धकहरूको आदानप्रदानसहित छ हप्ताको सापेक्षिक शान्तिपछि युद्धविरामको पहिलो चरण गत सप्ताहान्तमा समाप्त भएको थियो। इजरायलले पहिलो चरण अप्रिलको मध्यसम्म लम्ब्याउन चाहेको बताइरहँदा हमासले भने दोस्रो चरणमा प्रवेश गर्नुपर्नेमा जोड दिएको छ।

अमेरिकासँग प्रत्यक्ष वार्ता

हमासका अधिकारीहरूले बुधबार गाजामा बन्धक बनाइएका व्यक्तिलाई मुक्त गर्ने सम्बन्धमा अमेरिकी दूतसँग प्रत्यक्ष वार्ता गरेको बताएका छन्। “हमास र विभिन्न अमेरिकी सञ्चार च्यानलबीच धेरै पटक कुराकानी भएको र पछिल्लो पटक इजरायलका लागि अमेरिकी राजदूतसँग वार्ता भएको छ र अमेरिकी नागरिकता लिएका इजरायली जीवित र मृतक दुवै कैदीको विषयमा छलफल भएको छ,” हमासका एक अधिकारीले नाम नबताउने शर्तमा भन्नुभयो । हमासका अन्य वरिष्ठ अधिकारीले ‘हालैका दिनमा दोहामा हमास र अमेरिकी अधिकारीबीच दुई पटक प्रत्यक्ष बैठक भएको’ पुष्टि गरेका छन् । रासस/एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...