बिरानो बने पातका सुसेली

Published on

काठमाडौँ । कुनै बेला मेलापात वा गोठालो जाँदा मनको बह पोख्न पात बजाउने चलन थियो । पछिल्लो समय सूचना प्रविधिको विकाससँगै सबैका हात हातमा मोबाइल भएपछि पात बजाउने चलन हरायो । पछिल्लो समय लमजुङमा पात बजाउने प्रतियोगिता नै सञ्चालन गरेर यस्तो कलाको संरक्षण अभियान थालिएको छ । प्रतियोगिता हेर्न पुगेका बुढापाका आफ्नो विगत सम्झिएर रमाएका छन् । लमजुङका पहाडी गाउँबस्तीमा पहिले पात बजाएका स्वरहरू सुन्न र देख्न पाइन्थ्यो तर प्रविधिको बढ्दो प्रयोगले अहिले वनजङ्गलमा पात बजाउनेहरू भेटिँदैनन् । कुनै बेला साथीभाइसँग गोठालो जाँदा पातका माध्यमबाटै कुराकानी गर्नेदेखि पात बजाएरै एकअर्कालाई आकर्षण गर्नेसम्मका काम हुने गर्दथे । ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले जङ्गल गएका बेला विभिन्न रुखका पात मुखमा राखेर बजाउने र एकअर्कालाई भेट गराउने माध्यम हराउन थालेको बताउनुभयो । लोप हुँदै गएको यस्तो कलाको संरक्षणमा प्रतिष्ठान लागिपरेको उहाँले बताउनुभयो ।

आत्मीयता र साङ्गीतिक भाकासँग जोडिएका यस्ता पुराना प्रचलन नयाँ पुस्तासम्म पुर्‍याउन सके मौलिकता जोगिने प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’ ले बताउनुभयो । पात बजाउने प्रतियोगिता हेर्न नेपाली संस्कृति सुरक्षा परिषद्, आसाम भारतका साहित्यकारसमेत आउनुभएको थियो । नेपाली संस्कृति सुरक्षा परिषद्, आसामका महासचिव वीरेन्द्र राणाले यस्तो कला जीवनमा पहिलो पटक देखेको बताउनुभयो । “पात बजाएर दुरुस्त गीतको लबज निकाल्न सक्ने कला देखेर हामी त सबै छक्क प¥यौँ,” राणाले भन्नुभयो, “यस्तो जीवन्त कला बचाउन राज्यले ध्यान दिनु पर्छ ।” उहाँले यस्तो कला आसाममा पनि सिकाउने प्रयास गर्ने बताउनुभयो । १७ जनाले भाग लिएको प्रतियोगितामा दोर्दी गाउँपालिका–८, दुवारकी सुकमाया मिजार पहिलो हुनुभयो । मध्यनेपाल नगरपालिका–२, तान्द्राङटक्सारकी देवी गिरी दोस्रो र मध्यनेपाल नगरपालिका–१, जिताका सन्तोष भुजेल तेस्रो हुनुभएको निर्णायक समितिका संयोजक देवराज गुरुङले बताउनुभयो । त्यस्तै सान्त्वनातर्फ मध्यनेपाल नगरपालिका– २, तान्द्राङटक्सारकी पार्वती नेपाली र मधुकर गिरी हुनुभयो ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...