पुनर्निर्माण र पुनर्स्थापनाको काम सरकारको उच्च प्राथमिकतामा छ : लेखक

Published on

काठमाडौँ । पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई अहिले सरकारले उच्च प्राथमिकतामा राखेको गृहमन्त्री रमेश लेखकले बताउनुभयो । शनिबार एक कार्यक्रमका बिच अछाम ,बाजुरा र डोटी जिल्लाका भुकम्प पीडितलाई मध्यनजर गर्दै जिल्ला समन्वय समिति अछामको कार्यालयमा स्थापना भएको जिल्ला भुकम्पिय पुननिर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाई कार्यालय उद्घाटन गर्नुहुँदै मन्त्री लेखकले पश्चिम नेपालको डोटी बझाङ र जाजरकोट जिल्लामा गएको  भुकम्पले जनधनसँगै मुलुकले  ठुलो नोक्सानी व्यहोर्नुपरेको बताउनुभयो । लामो समयसम्म भुकम्प पीडितले राहत नपाएको समयमा पुर्ण रुपमा क्षति भएका निजि आवासको पुननिर्माण , पुनर्स्थापना र आवास मर्मतको कार्यलाई दुर्त गतिमा अगाडि बढाउने काम भइरहेको बताउनुभयो ।

लाभग्राहीहरुलाई ढिलो नगरेर रकम उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गर्नुभयो । बजेट व्यवस्थापन सरकारले गर्ने प्रतिबद्धता जनाइदै मन्त्री लेखकले स्थानीय तहहरुले समयमा लाभग्राही छनौट गरेर पठाएमा पीडित हरुले समयमै रकम पाउने  बताउनुभयो । भुकम्प बाट क्षति भएका अछामको बान्नीगढि जयगढ गाउँपालिका वडा नम्बर ३ र ४ का ४ जना लाभग्राहीहरुलाई आवास पुनर्निर्माण अन्तर्गत पहिलो किस्ता प्रति व्यक्ति ५० हजारका दरले चेक हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाह, विपद प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर भीष्म कुमार भुसाल , प्रदेश सभा सदस्य मानबहादुर रावल, तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...