अमेरिकी राष्ट्रपति ट्रम्पको पत्रमा उहाँको सार्वजनिक अभिव्यक्ति प्रतिबिम्बितः इरान

Published on

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आणविक सम्झौता गर्न आह्वान गरेको पत्र उहाँको आफ्नो सार्वजनिक अभिव्यक्तिसँग मेल खाएको इरानले सोमबार बताएको छ । तेहरानमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले भन्नुभयो, “पत्रको विषयवस्तुमा ट्रम्पको सार्वजनिक वक्तव्यबाट धेरै टाढा छैन र उही कुराकानीका बुँदाहरू दोहोरिएको छ ।”

उहाँले भन्नुभयो, “पत्रमाथिको औपचारिक समीक्षापछि उपयुक्त च्यानलमार्फत हाम्रो प्रतिक्रिया उपलब्ध गराइनेछ ।” ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई सम्बोधन गरेको उक्त पत्र संयुक्त अरब इमिरेट्स ९युएई० का वरिष्ठ कूटनीतिज्ञ अनवर गार्गाशले गत बुधबार तेहरानलाई हस्तान्तरण गर्नुभएको थियो । सोही दिन खामेनीले इरानले अहिले कै अवस्थामा संयुक्त राज्य अमेरिकासँग वार्ता गर्न सम्भव नभएको बताउनुभएको थियो । प्रस्तावित वार्ताले ‘प्रतिबन्धहरू हटाउने छैन’ तर यसको सट्टा ‘प्रतिबन्धहरूको गाँठो कसिलो बनाउने’ उहाँले बताउनुभयो । जनवरीमा दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्केका ट्रम्पले इरानविरुद्धको प्रतिबन्धको ‘अधिकतम दबाब’ को नीतिलाई पुनः स्थापित गर्नुभएको छ । इरानलाई आणविक बम प्राप्त गर्नबाट रोक्नु नै अमेरिकी दृष्टिकोण हो तर इरानले आफुले आणविक वम निर्माणको कार्यक्रमलाई कुनै महत्व नदिएको भन्दै अमेरिकी आरोपको खण्डन गर्दै आएको छ । रासस/एएफपी

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...