कैलालीमा चैते धानको रोपाइँ

Published on

काठमाडौँ । कैलालीमा चैते धान रोपाइँ सुरु भएको छ। जिल्लाको भजनी नगरपालिका लगायतको क्षेत्रमा किसानले चैते धान रोपाइँ गर्न थालेका हुन्। कैलालीमा भजनी नगरपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, बर्दगोरिया गाउँपालिका, घोडाघोडी नगरपालिकामा किसानले चैते धाने खेती गर्ने गरेका छन्। सबैभन्दा बढी भजनी नगरपालिकामा चैते धान खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ। भजनी नगरपालिका जिल्लामा सबैभन्दा बढी डुबान प्रभावित पालिका हो। बर्खे धान खेती नगर्ने यो पालिकाका किसानले वैकल्पिक खेतीको रुपमा चैते धान खेती गर्ने गरेका छन्। तोरी भित्र्याइ सकेको खेतमा किसानले चैते धान रोपाइँ गर्न थालेको भजनी नगरपालिका–५ लालबोझीका कृषक खोजराम चौधरीले बताउनुभयो। उहाँका अनुसार मसुर काट्न बाँकी रहेको खेतमा भने रोपाइँ बाँकी रहेको छ।

गतवर्ष कैलालीमा करिब एक हजार एक सय हेक्टर जमिनमा चैते धान खेती गरिएको थियो। यसवर्ष केही क्षेत्रफल चैते धान खेती बढ्ने कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत राम नारायण चौधरीले बताउनुभयो। चैते धान खेतीतर्फ किसानको आकर्षण बढाउनका लागि कृषि ज्ञान केन्द्रले सम्झौता गरेर अनुदान दिने गरेको छ। छनोटमा परेका कृषकलाई बीउबिजन वा आवश्यकतानुसार कृषि उपकरण खरिदका लागि प्रति कट्ठा दुई हजारको दरले अनुदान दिइने गरेको जनाइएको छ। त्यति नै रकम कृषकले पनि लगानी गर्नु पर्दछ। चालु आर्थिक वर्षमा चैते धान खेतीमा अनुदानका लागि आठ लाख रुपियाँ बजेट कृषि ज्ञान केन्द्रमा रहेको छ। गतवर्ष कैलालीमा करिब एक हजार एक सय हेक्टर जमिनमा चैते धान खेती गर्दा पाँच हजार ७२० मेट्रिकटन धान उत्पादन भएको थियो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...