खार्पा प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन

Published on

काठमाडौँ । खोटाङको रावा बेसी गाउँपालिका–२ खार्पास्थित खार्पा प्रहरी चौकीको नवनिर्मित सुविधा सम्पन्न आरसिसी भवनको उद्घाटन गरिएको छ । पूर्व खार्पा गाउँ विकास समितिको पुरानो भवनमा बस्दै आएको खार्पा प्रहरी चौकीको नवनिर्मित भवन कोशी प्रदेश प्रहरी प्रमुख (प्रहरी नायव महानिरीक्षक) राजन अधिकारीले आइतबार उद्घाटन गर्नुभएको हो । भ्याटसहित २ करोड ९५ लाख ३२ हजार लागतमा निर्माण भएको सुविधा सम्पन्न भवनको प्रहरी नायव महानिरीक्षक अधिकारीले रिवन काटेर औपचारिक रुपमा उद्घाटन गर्नुभएको छ । २०७६ सालमा स्थापना भएको खार्पा प्रहरी चौकीले यस अघि गाविसको पुरानो भवनबाट सेवा प्रदान गर्दै आएको थियो । हाल नयाँ भवन निर्माण भएर प्रयोगमा आएसँगै सेवा प्रवाहमा सहज हुने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) प्रतिक बिष्टले बताउनुभयो ।

सानो ठुलो गरी ११ वटा कोठा रहेको साढे दुई तले भवनमा कार्यालय प्रमुख कक्ष, सञ्चार कक्षहरुसहित एटेज शौचालय सुविधिसहितको महिला तथा पुरुष हिरासत कक्ष, एटेज शौचालयसहितको महिला र पुरुष ब्यारेक, कार्यालय प्रमुख आवाश, मनोरञ्जन हल लगायतका कोठाहरु निर्माण गरिएको छ । भवनसँगै किचन र शौचालय पनि निर्माण गरिएको छ। भवन उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक अधिकारीले उक्त क्षेत्रको सुरक्षाको स्थायित्वको लागि नवनिर्मित भवनले अहम भूमिका निर्वाह गर्ने विश्वास रहेको बताउनुभएको छ । विशेषगरी पहाडी क्षेत्रमा प्रहरीले समाजमा हुने अपराध रोकथात तथा नियन्त्रण गर्ने मात्र नभएर अहिले विभिन्न प्राकृतिक एवं अप्राकृतिक विपतहरु पनि रोकथाम तथा नियन्त्रण गर्नु पर्ने उहाँको भनाइ छ। जसकारण यस्ता सुविधा सम्पन्न भौतिक संरचनाले प्रहरीलाई सेवा गर्न मनोवल बढ्ने उहाँले बताउनुभयो ।

जब समाजमा सुरक्षा हुन्छ तब मात्र समाजको उन्नति प्रगति हुने भएकाले समाजलाई सुरक्षित बनाउन प्रहरी मात्र नभएर सबै समुदायका नागरिक पनि एक ठाउँमा उभिन आवश्यक रहेको प्रहरी नायव महानिरीक्षक अधिकारीले बताउनुभयो । कोशी प्रदेश प्रहरी प्रमुख अधिकारीको प्रमुख आतिथ्यता एवं जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख बिष्टको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा रावा बेसी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, उपाध्यक्ष कोशिला कुमारी गुरुङ, प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरे, जिल्लाका सबै सुरक्षाका निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...