मुस्ताङमा हिउँ चितुवाको अवस्था हेर्न एक्यापको सर्वेक्षण

Published on

काठमाडौँ । मुस्ताङमा दुर्लभ हिउँ चितुवाको आनीबानी र उपस्थितिबारे बुझ्न उपल्लो मुस्ताङमा सर्वेक्षण गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले हिउँ चितुवा तथा आहारा प्रजातिको अध्ययन अनुगमनका लागि क्यामेरा ट्र्याप र ट्रान्जेक्ट सर्भे विधि अवलम्बन गरेको हो । एक्याप इलाका संरक्षण कार्यालय जोमसोमका प्रकृति श्रोत संरक्षण सहायक दिपक ओलीका अनुसार गत वर्ष उपल्लो मुस्ताङमा हिउँ चितुवा पाइने सम्भावित क्षेत्रहरू साङ्ता, लोमान्थाङ र दामोदर कुण्डलाई तीनवटा ब्लकमा विभाजन गरी पाँच-पाँच बर्गमिटरको दूरीमा ४४ ग्रीडहरू बिछ्याइएर अध्ययन गरिएको थियो ।

एक ग्रीडमा दुई वटा क्यामेरा जडान गरिएकोमा हिउँ चितुवा साथै आहारा प्रजातीहरु नाउर र अन्य लोमोन्मुख तथा दुर्लभ स्तनधारी वन्यजन्तुहरु समेत कैद गरिएको एक्याप इलाका संरक्षण कार्यालय जोमसोमकाले जनाएको छ । “प्रत्येक ग्रीडमा एकजोड क्यामेरा जडान गरी पैचालिस दिन फिल्डमै राखिएको थियो,” ओलीले भन्नुभयो । ग्रीड र क्यामेरा राखिएको स्थानको खोज अनुसन्धानको क्रममा प्राप्त तथ्याङ्कलाई आधार मानेर यस वर्ष तल्लो मुस्ताङको मुक्तिनाथदेखि घाँसासम्मको उच्च हिमाली क्षेत्रमामा समेत अनुसन्धान कार्यलाई निरन्तरता दिइने छ । दुई वर्षको तथ्याङ्क र स्थलगत विवरणका आधारमा मुस्ताङमा हिउँ चितुवाको संख्या नजिक पुग्न सकिने र आगामी दिनमा हुन संरक्षणका लागि थप प्राविधिक तथा विभिन्न खोज अनुसन्धानमा सहज हुने छ ।

spot_img

ताजा समाचार

स्वास्थ्य बीमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।...

त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ...