राजाको शासन कस्तो हुन्छ भनेर राजावादीहरुले तीनकुनेमा चरित्र देखाए : गृहमन्त्री लेखक

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लोकतन्त्र र गणतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुन नसक्ने बताउनु भएको छ । रिपोर्टर्स क्लब नेपालको २७औं वार्षिकोत्सव समारोहमा वर्तमान व्यवस्थालाई नै सुधार गरेर जानुपर्नेमा बताउनु भएको हो ।
‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । गल्ती र कमजमोरी भएको छ भने सुधारेर जाने हो । नागरिकले प्रश्न गर्ने हो । सुधार गर्ने हो । कुनै लोकतन्त्रको विरुद्ध निरङ्कुशता हुन सक्दैन्,’ उहाँले भन्नुभयो, ‘राष्ट्रप्रति र नागरिकप्रति हामीलाई जिम्मेवारीबोध भएको छ । सुधारेर जानेमा प्रतिबद्ध छौं । हुकुम नै कानून हुने राजतन्त्रको पद्धती उचित होला भनेर कर्णधार युवा पुस्ताले भ्रममा पर्नुहुँदैन । यही व्यवस्थालाई सुधारेर जानुपर्छ ।’

गृहमन्त्री लेखकले राजाको निरङ्कुश शासनको बारेमा थाहा नभएकाहरु भ्रममा बस्न नहुने भन्दै राजाहरुलाई प्रश्न गर्न नपाईने इतिहास स्मरण गराउनुभयो । ‘राजतन्त्रको शासन नदेखेको मान्छे पनि यहाँ हुनुहुन्छ, १८ वर्षअघि राजाको शासन थियो । अहिले युवाहरुलाई राजसंस्थाबारे केही थाहा नहुन सक्छ, राजाको शासनमा आलोचना गर्न पाईन्छ कि पाईँदैन भनेर सोध्नुहोस रु मैले बुझेको राजतन्त्रमा राजालाई प्रश्न गर्न पाईँदैन । प्रश्न गर्ने कोशिस गर्यो भने जेल जानुपर्छ । जति यो देशमा राजाको शासन रह्यो, कुनैपनि नागरिकले राजालाई प्रश्न गर्न सकेनन् । आज प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मलाई प्रश्न गर्दैछौं,’ उहाँले भन्नुभयो । राजाले गल्ती गर्दा पनि कानुनी कारबाही नहुने भन्दै लोकतन्त्रमा गल्ती गर्दा सबैमाथि कारबाही हुने गृहमन्त्री लेखकको भनाइ छ । ‘राजाले गल्ती गर्यो भने राजामाथि कानुनी कारबाही पनि हुन्छन् । लोकतन्त्रमा त गल्ती गर्दा सबैमाथि कारबाही हुन्छ । हामीले फेरि त्यही व्यवस्था चाहेको हो ?,’ उहाँको प्रश्न छ ।

आलोचनाभन्दा बाहिर र संविधानभन्दा माथि हुकुमै कानुन हुने राजतन्त्रको पद्धति उचित हुन्छ भनेर युवाहरु भ्रममा परे देश अध्यारोमा जाने गृहमन्त्री लेखकले बताउनुभयो । राजाको शासन कस्तो हुन्छ भनेर शुक्रबार तीनकुनेमा देखिएको उहाँको भनाइ छ । ‘राजाको शासन चरित्र कस्तो हुन्छ भनेर शुक्रबार तीनकुनेमा देखियो । हामी राजाका समर्थक हौं । फेरि यो देशमा राजा ल्याउँछौ भनेर ज्युदै मान्छेलाई घरमा आगो लगाएर पोल्ने काम भएको छ । यो हो तरिका रु राजाको शासन ल्याउँछु भन्नेहरुबाट घरमा आगो लगाएर पत्रकारलाई ज्युदै पोल्ने काम भएको छ । यसमा म दुःख व्यक्त गर्न चाहन्छु । उद्योगीहरुलाई पसलमा ढुंगा मुढा गरियो । लुटपाट मच्याउने काम भयो ,’ उहाँले भन्नुभयो । मुलुकमा लोकतन्त्र नहुँदा सञ्चारजगत त्रसित, प्रतिबन्धित र निर्देशित हुने भन्दै वर्तमान सरकारले सञ्चारको सुरक्षा गर्ने गृहमन्त्री लेखकले बताउनु भयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...