सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएको विषयमा सरकारले दोषीलाई कारवाही गर्छ: गृहमन्त्री लेखक

Published on

काठमाडौँ । नेपाल पत्रकार महासंघको टोलीले गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघका महासचिव रामप्रसाद दाहाल सहित ८ जनाको संयुक्त टोली चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएको भन्दै सरकारलाई घटनाको सत्यतथ्य छानवीन गरि आवश्यक कारवाही गर्न गृहमन्त्री लेखकलाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण बुझ्दै गृहमन्त्री लेखकले उक्त घटना अराजक, हिंस्रक एवम् सिद्धान्त बिनाको भिडले गरेको बताउँदै उक्त विषयमा सरकार गम्भिर भएको बताउनुभयो ।

“तिनकुनेमा भएको अराजक भिडको कुनै निश्चित वाद, सिद्धान्त केही पनि थिएन, मात्रै अपराधिक कार्य गर्ने निश्चित उदेश्य थियो, लक्ष्य थियो ।” गृहमन्त्री लेखकले भन्नुभयोे, “विध्वशं मच्चाउने झुण्डले उग्रता देखायो, त्यसको मार पत्रकारलाई पर्न गएको छ, यस विषयमा नेपाल सरकार गम्भिर छ ।” हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारकर्मी रहेको घरमा आगजानी गर्ने, एवम् सञ्चार गृहमा र सञ्चारकर्मीलाई निसाना बनाएको विषयमा सरकारले सत्यतथ्य छानबिन गरि घटनाका दोषीलाई कारवाही गरिने गृहमन्त्री लेखकले बताउनुभयो । यसैगरि उक्त घटनाबाट ज्यान गुमाएका पत्रकार सुरेश रजक र अन्य घाइते पत्रकारहरुको विषयमा सरकार गम्भिर भएको र उक्त विषयमा के गर्न सकिन्छ भन्ने विषयमा सरकार लागिरहेको उहाँको भनाई छ ।

spot_img

ताजा समाचार

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत्...

खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित...

कञ्चनपुरका निर्वाचित सांसद जनताको समस्या बुझ्न गाउँ–बस्तीमा

काठमाडौं । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक...