वन्यजन्तु अपराध नियन्त्रण गर्न संरक्षणकर्मी र सुरक्षाकर्मीलाई तालिम

Published on

काठमाडौँ । पछिल्लो समय बढ्दै गइरहेको वन्यजन्तु चोरी सिकारी, अवैध ओसारपसार तथा अपराध नियन्त्रण गर्नका लागि दार्चुलाका संरक्षणकर्मी र सुरक्षाकर्मीलाई (क्राइम सिन प्रोसिडर ट्रेनिङ) प्रदान गरिएको छ । नेपाल सरकार राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) शुक्लाफाँटा संरक्षण कार्यक्रम कञ्चनपुरले वन्यजन्तु चोरी सिकारी, अपराध नियन्त्रणको पहिलो घेरामा रहेका दार्चुलाका संरक्षणकर्मी, सुरक्षाकर्मी र अपराध नियन्त्रण संग प्रत्येक्ष सरोकार राख्ने अन्य कार्यालयका प्रतिनिधिहरुलाई पाँच दिनसम्म तालिम प्रदान गरेको हो । जिल्लाको अपिनाम्पा संरक्षण क्षेत्र तथा डिभिजन वन कार्यालयको क्षेत्रभित्र हुने वन्यजन्तु चोरी सिकारीका घटनाहरुलाई न्यूनीकरण गरी वन्यजन्तु अपराध र अवैध ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले तालिम प्रदान गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) शुक्लाफाँटा संरक्षण कार्यक्रमका वरिष्ठ संरक्षण अधिकृत लक्ष्मीराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस किसिमको तालिम सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुका वन्यजन्तु अपराध नियन्त्रणका लागि पहिलो घेरामा खटिने संरक्षणकर्मी र सुरक्षाकर्मीहरुलाई तालिम प्रदान गरिसकिएको छ । चोरी सिकारीविरुद्ध सामुदायिक संलग्नता बढाउन र अपराध नियन्त्रण गर्न तालिमले सहयोग पुग्ने अपेक्षा गरिएको छ । हिमाली जिल्ला दार्चुलामा हिँउ चितुवा, रेड पाण्डा, मृग, रतुवा, घोरल, नाउर, झारल, कालो भालु, दुम्सी, थारलगायत वन्यजन्तु तथा डाँफे मुनाल, चिर, चिल, भ्याकुर, च्याखुरा लगायत दुई सय भन्दा बढी प्रजातीका चरा पाइने गर्दछन् । तालिममा जिल्ला स्थित नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका संरक्षणकर्मी, डिभिजन वन कार्यालयका वन कर्मचारी र जिल्ला हुलाक कार्यालयका कर्मचारी लगायत २७ जनाको सहभागिता थियो । तालिम १४ चैत देखी सञ्चालन गरिएकोमा सोमबार (आज) समापन गरिएको छ । तालिमको सहजीकरण जिल्ला न्यायाधीश पुष्पराज पाण्डे, जिल्ला न्यायाधिवक्ता राजेन्द्र भट्टराई, नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक प्रकाश दाहाल, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका वार्डेन विनय झा, डिभिजन वन कार्यालयका निमित्त डिभिजनल प्रमुख लक्ष्मीराज जोशीले गर्नुभएको थियो ।

spot_img

ताजा समाचार

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत्...

खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित...

कञ्चनपुरका निर्वाचित सांसद जनताको समस्या बुझ्न गाउँ–बस्तीमा

काठमाडौं । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक...