ओठ तथा तालु फाटेका बालबालिकाको निःशुल्क शल्यक्रिया गरिने

Published on

काठमाडौँ । प्युठानमा जन्मिँदै ओठ तथा तालु (जिब्रो भन्दामाथि) फाटेका बालबालिकाका लागि निःशुल्क उपचार गरिने भएको छ । जिल्लाका विभिन्न ठाउँमा छनोट शिविर मार्फत भेटिएका बालबालिकाको प्लास्टिक सर्जरी (शल्यक्रिया) गरिने भएको छ । बि एन्ड बि अस्पतालको आयोजना, राष्ट्रिय अपाङ्ग सेवा सङ्घ प्युठानको सह–आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय प्युठानको समन्वयमा चार वटा पालिकामा छनोट शिविर सम्पन्न भएको जिल्ला प्रतिनिधि जुमान सिंह केसीले बताउनुभयो । उक्त छनोट शिविरबाट ओठ तथा तालु फाटेका सात जना बालबालिका छनोट भएका छन । शिविरमा अन्य नौ जनालाई उपचार परार्मश सेवा दिएको केसीले बताउनुभयो ।

शिविरबाट छनोट भएका विरामीलाई काठमाडौँ लगेर निःशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ । साथै शल्यक्रियाको लागि जाने बिरामी तथा एक जना कुरुवालाई आउने जाने गाडी भाडा सहित खानबस्नको समेत व्यवस्था गरिएको केसीले जानकारी दिनुभयो । जन्मिँदै ओठ तथा तालु फाटेका बालबालिकाहरू आर्थिक अभावका कारण चेकजाँच, उपचार तथा शल्यक्रिया गर्नबाट बञ्चित हुने गरेकाले बसेर्नि छनोट शिविर सञ्चालन गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...