चितुवाको आक्रमणबाट बालक घाइते

Published on

काठमाडौँ । बर्दियामा चितुवाको आक्रमणबाट १० वर्षीय बालक घाइते भएका छन् । गुलरिया नगरपालिका ५ बालापुरका सिर्जन थारू चितुवाको आक्रमणबाट घाइते भएका हुन् । हजुरबुवासँग केराबारीमा सिँचाइ गर्न गएको बेलामा थारूलाई चितुवाले आक्रमण गरेको थियो । हजुरबुवाले केरामा सिँचाइ गरिरहेको र बालक खाटमा बसिरहेको समयमा चितुवाले टिपेर दौडाएको थियो । दिउँसो कै समयमा भएकोले सबै जनाले होहल्ला गर्दा चितुवाले छोडेर भागेको स्थानीयले बताएका छन् । घाइते बालकको बर्दिया अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ । बालकको घाँटीको दुवैतिर र टाउकोमा समेत चोट लागेको हुनाले माथिल्लो अस्पतालमा पठाइएको बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। सुभाष पाण्डेले बताउनुभयो ।

spot_img

ताजा समाचार

भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

कञ्चनपुर । महेन्द्रनगर आँखा अस्पतालले भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। नेपाल नेत्र ज्योति...

युक्रेनमा रूसी मिसाइल र ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं । युक्रेनका विभिन्न क्षेत्रमा रूसी मिसाइल तथा ड्रोन आक्रमणका कारण कम्तीमा पाँच जनाको...

बर्दियामा लागुऔषधविरुद्ध प्रदर्शन उग्र, प्रहरीसँग झडपपछि हवाई फायर र अश्रुग्यास प्रयोग

काठमाडौं । बर्दियाको गुलरिया क्षेत्रमा लागुऔषध कारोबारविरुद्ध गरिएको प्रदर्शन उग्र बन्दा प्रहरी र स्थानीयबीच...

इरानी ऊर्जा पुर्वाधारमा पाँच दिनका लागि आक्रमण स्थगितः ट्रम्प

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ले तेहरानसँग उपलब्धिमूलक वार्ता भएको दाबी गर्दै इरानी...