तीन महिनादेखि यारी नाकाको भन्सार बन्द

Published on

काठमाडौँ । नेपाल र चीनको सिमानामा स्थापना भएको यारी नाका भन्सार कार्यालय तीन महिना भन्दा बढी समयदेखि बन्द रहेको छ। हिउँदको समयमा चीनको ताक्लाकोटबाट व्यापार गरेर सामान नभित्रिने भन्दै बन्द गरिएको कार्यालय हालसम्म नखुलेको हो। हिल्सामा रहेका यारी नाका भन्सार कार्यालय हालसम्म ताला लगाएर बन्द रहेको हिल्साका स्थानीय छिरिङ लामाले बताउनुभयो। उहाँले भन्सार तथा अध्यागमन कार्यालयमा ताला लगाएर बन्द रहेको बताउँदै मानिस चीनको ताक्लाकोट आउजाउ सुरु हुने समय भइसकेको बताउनुभयो। कार्यालय स्थापना भएपछि काम हुँदैन भनेर यसरी बन्द गर्नु राम्रो नहुने बताउँदै उहाँले कार्यालय बाह्रै महिना सञ्चालन हुनु पर्ने बताउनुभयो।

उक्त कार्यालयका प्रमुख रामराज जैसीले हिउदमा कारोबार नहुने कुराको जानकारी विभागलाई दिएर कार्यालय बन्द गरिएको बताउनुभयो। भन्सार कार्यालय गत पुस १० गतेबाट बन्द गरिएको हो। उहाँले चीनको ताक्लाकोटबाट सामान हिउँदमा नारा लेकमा जमेको हिउँको कारण सडक बन्द हुने र व्यापारीको आउजाउ नहुने भएको कारण कार्यालय बन्द गरेर जिल्लामा फिर्ता भएको बताउनुभयो। चैतपछि मङ्सिर महिनासम्म ताक्लाकोट आउजाउ हुने भएको कारण सो समय हिल्सा मै बस्ने गरिएको उहाँले बताउनुभयो। काम बिनै चिसोमा बस्नु भन्दा भन्सार र अध्यागमनमा कार्यरत कर्मचारी कार्यालय बन्द गरेर माथिल्लो निकायलाई जानकारी गराएर बर्सेनी आउने गरेको उहाँले बताउनुभयो। अब यातायात सुचारु हुने समय आएको कारण चाँडै हिल्सामा गएर कार्यालय सञ्चालन गर्ने प्रमुख जैसीले बताउनुभयो। हाल हिल्सामा सात जना स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरी बस्दै आएको छ। हिल्साका व्यापारी र चीनको ताक्लाकोटमा काम गर्ने हुम्लावासी समेत नाराको सडक सुचारु नभएको कारण पैदल हिँडेर हिल्सा जानेक्रम सुरु भइसकेको छ। यता लिमीका स्थानीय पनि हिल्साबाटै लिमी जान सुरु भएको छ।

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...