पत्रकार रजकका परिवारको मागप्रति प्रेस सेन्टरको ऐक्यबद्धता

Published on

काठमाडौँ । काठमाडौँको तीनकुनेमा भएको राजावादी आगजनीमा परी ज्यान गुमाउनुभएका पत्रकार सुरेश रजकको घरमा पुगेर प्रेस सेन्टरको नेतृत्वले रजकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ । सेन्टरका नवनिर्वाचित अध्यक्ष कमल गिरीको नेतृत्वमा उपाध्यक्ष रामसिं ठगुन्ना र दिपक श्रेष्ठ, निवर्तमान महासचिव सन्तोष पौडेल र नवनिर्वाचित महासचिव मनोज घर्तीमगर सहितको टोली बिहीबार रजकको घरमा पुगेको हो । अध्यक्ष गिरीले रजकको मृत्यु नभएर हत्या भएको बताउँदै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने आफूहरूको माग रहेको प्रष्ट पार्नुभयो। रिपोर्टिङका क्रममा ‘अन द स्पोट’ ज्यान गएकोले रजकलाई सहिद घोषणा गर्नुपर्ने र घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने परिवारजनको माग छ। अध्यक्ष गिरीले आफूहरू परिवारजनको साथमा रहेको र रजकको न्यायका लागि संगठनको ऐक्यबद्धता रहने बताउनुभयो।उक्त अवसरमा सेन्टरले १० हजार रुपियाँ सहयोग समेत गरेको छ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...