चिसापानी पुलको मर्मत सम्भार कार्य सुरु

Published on

अरुण डगौरा । एक वर्षभन्दा बढि समयपछि दुई प्रदेश जोड्ने चिसापानी पुलको मर्मत सम्भार कार्य सुरु भएको छ ।

सुदूरपश्चिम र लुम्बिनी यी दुई प्रदेश जोड्ने पुल गत वर्ष फागुन २८ गते सुदूरपश्चिमतिर गइरहेको लाइटर बोकेको ट्रकमा आगलागी भएको थियो । आगलागी भएपछि एकै खम्बे पुलको स्टे केवलमा क्षति भएको थियो । पूर्वीतर्फ रहेको १४ वटा स्टे केवलहरुका क्षति भएको सडक डिभिजन कार्यालय बाँकेले जनाएको छ । पाँच सय मिटर लम्बाइ भएको पुलको एउटा मात्रै खम्बा भएको कारण खतरा झनै रहेको र मुख्यगरी १४ वटा स्टे केवलहरुमा क्षति पुगेको अपरेटर इन्स्टक्चर दिपेन्द्र फुँयालले बताउनुभयो । उहाँले थप्नुभयो,“समयमा मर्मत गर्ने सामग्री उपलब्ध भएन तर चिनियाँ र अन्य देशका विज्ञहरुसँग सल्लाह सुझाव लिई मर्मत सम्भारको कार्य सुरु गरिएको छ ।”

पुल मर्मत गर्ने सामग्रीको खाँचो भएको तर नेपालमा भने सजिलै त्यस्ता सामग्रीहरु नपाइने भएको कारण पुल मर्मतको काम सुरु गर्न अलिक ढिला भएको सडक डिभिजन कार्यालय बाँकेका कार्यालय प्रमुख नरेन्द्र भट्टले बताउनुभयो । आगलागीको बेला पूर्वतिरको १४ वटा स्टे केवलहरुमा क्षति पुगेको थियो । उक्त क्षतिग्रस्त भागलाई सफागरी तारलाई खिया लाग्न नदिन र पुलको आयु पनि घट्न नदिन इन्सुलेटरको प्रयोगगरी काम सुचारु गरिएको छ ।

गत वर्ष फागुन २८ गते लाइटर बोकेको ट्रकमा लाइटर विष्फोट भएपछि आगलागी भएको थियो । उक्त आगोको ताप र रापले पुलमा समेत क्षति पुगेको थियो । लुम्बिनी प्रदेशबाट सुदूरपश्चिम प्रदेशतर्फ गइरहेको ट्रक ठिक्क कर्णाली पुलको बिच भागमा पुग्दा विष्फोट भई आगलागी भएको थियो । अब पुल मर्मत गर्न भने लगभग १० दिनसम्म लाग्न सक्ने सडक डिभिजन कार्यालयले जनाएको छ ।

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...