पक्राउ पर्ने र अनुसन्धानको क्रम जारी छः गृहमन्त्री लेखक

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजावादीको हिंसात्मक प्रर्दशनका क्रममा तोडफोड र आगजानी लगायतका घटनामा संलग्नहरुलाई पक्राउ गर्ने क्रम जारी रहेको बताउनुभयो । उक्त प्रर्दशनमा मुख्य आरोपी दुर्गा प्रसाइलाई पक्राउ गरिएको जानकारी दिदैं गृहमन्त्री लेखकले घटनाका अन्य आरोपीहरु पनि पक्राउ पर्ने क्रम जारी हरेको बताउनुभयो । शुक्रबार प्रतिनिधि सभा अन्तरगतको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उहाँले उक्त घटनामा अरोपित पक्राउ गर्ने क्रम र अनुसन्धानको क्रम जारी रहेको जानकारी दिनुभयो । तीनकुने क्षेत्रमा घाइते भएकाहरूको उपचार सरकारले गर्ने निर्णय मन्त्रिपरिषद्बाट भइसकेको बताउँदै उहाँले उपचार गराइराखेको अस्पतालभन्दा बाहिरबाट औषधि किन्नु परेमा पनि त्यसको खर्च सरकारले व्यहोर्ने जानकारी दिनुभयो ।

“घाइतेलाई अस्पतालहरुमा पुगेरै मैले भेटेको छु,’ उहाँले भन्नुभयो–“ घटनामा परी मृत्यु भएका दुवै जनाका परिवारलाई सरकारले राहत स्वरुप रु दश/दश लाख दिने निर्णय गरेर प्रक्रिया अघि बढिसकेको छ ।” उहाँले तीनकुनेमा हिंसात्मक प्रदर्शन, संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रुपमा व्याख्या समेत गर्नुभयो । “ लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरंकुशताको खोजी उचित हुँदैन ।” उहाँले भन्नुभयो–“ हिन्दु धर्म जस्तो उत्कृष्ठ धर्मलाई निकृष्ठ राजनीतिका लागि प्रयोग गर्नुहुँदैन ।”

गृहमन्त्री लेखकले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने भएपनि लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन नसक्नेमा जोड दिनुभयो । तीनकुने घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको मन्त्री लेखकको भनाई छ । “ यस्ता प्रकृतिका घटना हुन नदिन सरकार गम्भीर रहेको पनि जानकारी गराउँछु ।” उहाँले भन्नुभयो–“ घटनाक्रमलाई विश्लेषण गर्दा नियोजित रूपमा आतंक र अराजकता फैलाउने आपराधिक कार्य हो भन्ने कुरामा विवाद हुन सक्दैन भन्नेमा प्रष्ट छु, ।”

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...