व्यास नगरपालिकाद्वारा गौरवका योजना कार्यान्वयनमा

Published on

काठमाडौँ । तनहुँको व्यास नगरपालिकाले छनोट गौरवका आयोजनालाई कार्यान्वयनमा ल्याउन थालेको छ । आन्तरिक आय र रोजगारी वृद्धि गर्ने उद्देश्यले छनोट गरिएका २२ वटा आयोजना मध्ये अधिकांश कार्यान्वयमा ल्याइएको हो । १४ वटा वडाहरूमध्ये एक वडा कम्तीमा एक योजना पर्ने गरी योजना छनोट गरी कार्यान्वयनमा ल्याइएको नगरपालिकाले जनाएको छ । कार्यान्वयनमा ल्याइएका योजनाको धमाधम काम भइरहेका छन् । पाँच वर्षका लागि बजेटसहितको कार्यक्रम र २० वर्षसम्मका दीर्घकालीन योजना समावेश गरेर योजना बनाई कार्यान्वयनमा ल्याइएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले गोरखापत्रलाई बताउनुभयो ।

न्यौपाने भन्नुभयो, ‘‘पर्यटन प्रवर्धन, कृषिमा प्रोत्साहन गरी रोजगारीका अवसर सिर्जना गर्न २२ वटा योजना छनोट गरी कार्यान्वयनमा ल्याएका हौं ।” नगरका धार्मिक तथा पर्यटकीय गन्तव्य जोड्ने कोरिडोर तथा शैक्षिक हब निर्माण गर्ने योजनामा समावेश गरी अधिकांश योजना कार्यान्वयनमा ल्याईएको छ । नगर प्रमुख न्यौपानेका अनुसार पहिलो नम्बरमा मादी नदी उपत्यका विकास परियोजनालाई गौरवको आयोजनामा समावेश गरिएको छ । यस आयोजनाले वडा ३, ४, ५, ६, ७ र १० समेटेको छ । वडा नम्बर ३ मा पर्ने व्यास अवतरण भूमिमा व्यासको १०८ फिटको मूर्ति, पार्क तथा सङ्ग्रहालय निर्माणलाई समावेश गरिएको छ । तेस्रोमा वडा नम्बर १० पर्ने नारेश्वर ताल निर्माण तथा पर्यटकीय स्थल विकास रहेको छ । चौथोमा वडा नम्बर १ लाई आदिकवि भानुभक्त क्याम्पसका लागि शैक्षिक हब निर्माणलाई समावेश गरिएको छ । पाँचौँमा वडा नम्बर १० मा वैरेनी जग्गा विकास योजना राखिएको छ ।

यसैगरी, वडा नम्बर ४ मा सहिद कालिका जङ्गलपार्क निर्माण, वडा नम्बर ७, ९, १० र ११ मा पर्ने पराशर मार्ग, वडा नम्बर ११ मा खड्गकाली मार्ग, वडा नम्बर ७ र ८ मा कालिका मार्ग, वडा नम्बर १३ र १४ को लागि दमौली केशवटार मार्गलाई गौरवका आयोजनामा छनोट गरिएको छ । माहेन्द्री मार्गअन्तर्गत–वडा ५ र ६ लाई समावेश गरिएको छ । यस्तै वडा नम्बर १३ लाई सुन्तला पकेट क्षेत्र विकासका लागि गौरवको आयोजनामा छनोट गरिएको छ । यसैगरी छाब्दी मन्दिर क्षेत्र विकासअन्तर्गत वडा १२, १३ र १४ लाई समावेश गरिएको छ । मानहुँकोट, तनहूँसुर, गलेखामकोट, कुलुङ पर्यटन विकासमा वडा ५, ११, ६ र १४ लाई समावेश गरिएको छ । साँगेफॉट, कलेस्तीफॉट, नरङ्गाफाँट, शिसाघाट फाँट धान पकेट क्षेत्र विस्तार वडा ५, ७ र ६ लाई समेटिएको छ ।

कोलढुङ्गा क्रिकेट मैदान, चिन्तुटार रङ्गशाला, विपी वन वाटिका, पराशर खेलकुद मैदान विस्तारलाई गौरवको आयोजनामा समावेश गरिएको छ । झाँक्रीथान खेलकुद तथा पर्यटन पार्कअन्तर्गत वडा नम्बर ११, ६, ३, ५ र १३ लाई समावेश गरिएको छ । वडा नम्बर १० मा गौ संरक्षण केन्द्र व्यवस्थापनलाई समेटिएको छ । सहरी क्षेत्रभित्र एकीकृत नाली निर्माण/मर्मतअन्तर्गत १, २, ३ र ४ सुधार र प्रशोधन केन्द्र निर्माण रहेको छ । बस्ती विकास तथा ड्रागन फ्रुट तथा नगदे बालीहरूको पकेट क्षेत्र कार्यक्रमलाई गौरवको आयोजनामा राखिएको छ । वडा नम्बर १० र ११ मा राम्चे क्षेत्रमा पर्यावरण संरक्षण कार्यक्रमलाई राखिएको छ । दुलेपानी झोलुङ्गे पुल क्षेत्रमा पर्यटकीय क्षेत्र विकासलाई वडा ६ र ७ मा समावेश गरिएको छ भने सदरमुकाम दमौली सहरी क्षेत्रका खोल्सी, दमौली सहरी क्षेत्र तथा वडा केन्द्रहरूमा हरित पट्टी निर्माण एवम् सौन्दर्यीकरण कार्यक्रम राखिएको छ । नगरपालिका अनुसार सरकारी तवरबाट मात्रै गौरवका योजना सम्पन्न गर्न नसकिने भएकोले निजी क्षेत्रको पनि सहभागिता हुने गरी सरकारी–निजी साझेदारी ऐन समेत निर्माण गरिएको छ ।

spot_img

ताजा समाचार

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

काठमाडौँ - संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि...

नेक्सस कबड्डी कपको दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न, भोलि फाइनल खेल हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका...

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...