म्यानमारमा स्वास्थ्य सेवा पुर्‍याउने टोलीलाई सम्मान

Published on

काठमाडौँ । भूकम्पग्रस्त म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी स्वदेश फिर्ता हुनुभएका विशेषज्ञ चिकित्सक तथा विपत व्यवस्थापनको विशेष टोलीलाई सैनिक मुख्यालय जङ्गी अड्डाले सम्मान गरेको छ । म्यानमारमा विनाशकारी भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारका लागि नेपाल सरकारको निर्णय अनुसार नेपाली सेनाको विशेष टोली चैत २० गते म्यानमार पुगेको थियो । स्वास्थ्य सेवा प्रदान गरी स्वदेश फिर्ता भएका नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जा २३ जनालाई प्रधान सेनापति अशोक राज सिग्देलल आइतबार जङ्गी अड्डामा विशेष कार्यक्रमबचि प्रधान सेनापति प्रशंसा निसानद्वारा सुशोभित गरिएको हो ।

म्यानमारमा गएको उक्त विनाशकारी भूकम्पमा घाइते भएकाहरूलाई तत्काल स्वास्थ्य उपचार प्रदान गर्नको लागि नेपाल सरकारको निर्णयबमोजिम नेपाली सेनाको चिकित्सकीय, बन्दोबस्ती सहायता र ‘क्र मेम्बर’ सहितको टोली चैत्र २० गते म्यानमार प्रस्थान गरी चैत्र २९ गते स्वदेश फिर्ता भएको थियो। सो टोलिमा शल्यक्रिया विशेषज्ञ, हाड जोर्नी विशेषज्ञ, मेडिकल अधिकृत, नर्स तथा प्यारामेडिकहरु सहित खटिएको नेपाली सेनाको चिकित्सकीय टोलीले म्यानमारको म्याण्डले स्थित यामथिन सहरमा आठ दिनसम्म स्वास्थ्य शिविर स्थापना गरी घाइतेहरुको उपचारमा खटिएको थियो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालायका अनुसार नेपाल स्वास्थ्य शिवरमार्फत सैनिक टोलिले १३३ जनाको शल्यव्रिmया, २४८ जनाको हाड जोर्नी सम्बन्धी उपचार र ९६५ जना बिरामीहरूलाई ओपिडि सेवा प्रदान गरेको थियो ।

spot_img

ताजा समाचार

स्वास्थ्य बीमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।...

त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ...