नागरिकको स्वास्थ्य उपचारमा सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

Published on

काठमाडौँ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै प्रकारका रोगको उपचार देश भित्रै गर्नेगरी सरकारले स्वास्थ्य क्षेत्रको सुधार गर्न लागेको बताउनुभएको छ। आइतबार लमजुङको राइनास नगरपालिका-२ मा रहेको भलायखर्क स्वास्थ्य चौकी भवनको उद्घाटन गर्नुहुँदै सञ्चारमन्त्री गुरुङले जटिल प्रकारका रोगको उपचार तथा शल्यक्रिया देशभित्रैका अस्पतालमा सम्भव बनाउन सरकार लागिपरेको बताउनुभयो। “अब कोही नागरिक बिरामी हुँदा उपचार गर्न पाइन भन्ने दिन आउने छैन। उपचारका लागि राम्रो अस्पतालको अभाव हुनेछैन”, मन्त्री गुरुङले भन्नुभयो, “देशभित्रै सुविधा सम्पन्न अस्पताल निर्माण, नयाँ नयाँ प्रविधिको विकास गर्न सरकार लागिपरेको छ। आगामी वर्षको बजेट र नीति तथा कार्यक्रमले त्यसको सुरुवात गर्नेछ।”

सञ्चारमन्त्री गुरुङले जनसंख्याको आधारमा पाँचदेखि १५ शय्याका अस्पताल पालिका स्तरमा नै सञ्चालन गर्नेगरी सरकारले काम गरिरहेको बताउनुभयो। उहाँले बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै नागरिकको स्वास्थ्य उपचारमा सरकार लागिपर्ने आश्वासनसमेत दिनुभयो। नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री गुरुङले यसअघि सरकार अस्थिर हुँदा विकास निर्माणको गति रोकिएको, अर्थतन्त्र धरासायी भएको, उत्पादन रोकिएको, मुलुकको अधोगति भएका कारण नेपाली काँग्रेस र नेकपा ९एमाले० जस्ता ठुला दल मिलेर दुई तिहाइको सरकार बनाएको प्रष्टाउनुभयो। उहाँले वर्तमान सरकार बनेपछिको आठ महिनामा समस्याको धेरै सुधार भइसकेको बताउनुभयो। उहाँले यही गठबन्धनको सरकारले ०८४ सालसम्म मुलुकको हित र विकासमा काम गर्ने दाबी गर्नुभयो।

spot_img

ताजा समाचार

किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान

काठमाडौं - नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। उनलाई केन्द्रीय...

एन्फा कार्यालयमा सीआईबीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)...

दीर्घायुकुमार श्रेष्ठ बने विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज...

१३ देशका लागि राजदूत सिफारिस

काठमाडौँ, असोज २ गते । सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूत नियुक्त...