मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह बदावीको निधन

Published on

काठमाडौँ । मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह अहमद बदावीको निधन भएको उहाँको परिवारले जनाएको छ । अब्दुल्लाहले आफ्ना पूर्ववर्ती महाथिर मोहम्मदबाट पदभार ग्रहण गरेपछि सुधारको वाचा गर्नुभएको थियो तर कमजोर नेतृत्वका लागि उहाँको आलोचना गरिएको थियो । पचासी वर्षीय वृद्ध अब्दुल्लाहको लामो समयसम्म बिरामी रहेपछि सोमबार अस्पतालमा निधन भएको हो । राजकीय सम्मानका साथ मङ्गलबार उहाँको अन्त्येष्टि गरिनेछ । स्नेहपूर्वक ‘पाक लाह’ वा काका लाह भनेर चिनिने अब्दुल्लाह सन् २००३ मा प्रधानमन्त्री बन्नुभयो र २२ वर्ष सत्तामा रहेपछि राजीनामा दिनुभएका तीक्ष्ण वाक्पटुता अधिनायकवादी नेता महाथिरको उत्तराधिकारी बन्नुभयो ।

उहाँले सन् २००९ सम्म मलेसियाको पाँचौँ प्रधानमन्त्रीको रूपमा सेवा गर्नुभयो । उहाँ आम चुनावमा उहाँको सत्तारूढ गठबन्धनको खराब प्रदर्शन र महाथिरको अथक आलोचनापछि पछि हट्न बाध्य हुनुभयो । मध्यमार्गी, पितृतुल्य अब्दुल्लाह आफ्नो प्रभावशाली पूर्ववर्तीको तुलनामा एकदम भिन्न हुनुहुन्थ्यो । धेरैले अधिनायकवादी शासनबाट बृहत्तर स्वतन्त्रतामा सङ्क्रमणलाई उत्साहित गरे र यसले अब्दुल्लाहलाई सन् २००४ को चुनावमा आफ्नो नेसनल फ्रन्ट गठबन्धनलाई ठूलो विजय दिलाउन मद्दत गर्‍यो । तर उहाँलाई कमजोर नेताका रूपमा हेर्नेहरू पनि थिए । आफ्नो कार्यकाल समाप्त भएपछि अब्दुल्लाहले लो प्रोफाइल कायम राख्नुभयो । प्रधानमन्त्री अनवर इब्राहिमले अब्दुल्लालाई ‘मलेसियाको सत्ताको राजनीतिमा नयाँ कथा जगाउने महान आत्मा भएको व्यक्ति’ का रूपमा श्रद्धाञ्जलि दिनुभयो । रासस/एएफपी

spot_img

ताजा समाचार

मानिस हराएको सूचना: हराएको एक हप्ता पुग्न लाग्यो, बहादुर चन्द अझै सम्पर्कविहीन

महेन्द्रनगर, चैत ९ गते ।  । बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं. ४ निङ्गलाड...

गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह...

दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने

काठमाडौं । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ ।...

नदीमा बेपत्ता भएका किशोर मृत फेला

काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक...