गाजामा चरम मानवीय सङ्कट सम्भवतः सबैभन्दा खराब

Published on

काठमाडौँ । मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्र सङ्घको कार्यालय (ओसिएचए)ले सोमबार गाजाको मानवीय अवस्था सन् २०२३ अक्टोबरमा घेराबन्दी गरिएको इलाकामा इजरायली आक्रमण सुरू भएदेखि मानवीय सहायतामा निरन्तर नाकाबन्दीबिच ‘सम्भवतः सबैभन्दा खराब’ भएको बताएको छ । आफ्नो पछिल्लो बयानमा ओसिएचएले डेढ महिनादेखि कुनै पनि सहायता ढुवानी गाजामा प्रवेश नगरेको कुरा प्रकाश पार्दै भनेको छ, “युद्ध सुरु भएदेखि विगत १८ महिनामा मानवीय अवस्था सम्भवतः सबैभन्दा खराब भएको छ ।” इजरायलले मार्च २ देखि मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ र गाजामा प्रवेश गर्ने सबै सीमा बन्द गरेको छ । दुई महिनाको युद्धविरामपछि मार्च १८ मा सैन्य कारबाही पुनः सुरु भएको छ । ओसिएचएले क्रसिङहरू बन्द र आन्तरिक आवागमन प्रतिबन्धका कारण आपूर्तिको गम्भीर अभावले अधिकारीहरूलाई मापन र रासन सहायता वितरण गर्न बाध्य पारेको पनि उल्लेख गरेको छ । रासस/क्युएनए

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...