जमिन बाँझो नराख्न किसानलाई आग्रह

Published on

काठमाडौँ । पछिल्लो समय खेती योग्य जमिन बाँझै छोड्ने प्रवृत्ति बढेपछि इलाम नगरपालिका–४ ले जमिन बाँझो नराख्न किसानहरुलाई आग्रह गरेको छ । वडाले आफ्ना ९० प्रतिशत नागरिक कृषि र पशुपालनमानै आश्रित रहेको भन्दै दिगो अर्थतन्त्र र जीवीकोपार्जनका लागि जमिन बाँझो राख्न नहुने किसानहरुलाई सुुझाएको छ । वडाध्यक्ष नुतनदेव दुुलालले अहिले पानी परेर जमिन राम्ररी भिजेकाले तरकारी, अन्नबाली र अन्य नगदेबाली लगाउन किसानहरुलाई आग्रह गरिरहेको बताउनुुभयो । ‘‘वडा कार्यालयले पनि विभिन्न समयमा सिजन अनुसारको तरकारी, फलफूल तथा अन्य विरुवाहरुको वितरण गरिरहेको छ ।,’’ वडाध्यक्ष दुलालले भन्नुुभयो, ‘‘अन्य विभिन्न अनुदान र साझेदारीका कृषिसम्बन्धी कार्यक्रम समेत अघि सारेको छ । जस्ले वडा बासी किसानहरुको आयआर्जनमा टेवा पुुग्न सक्छ ।’’

वडाले यसपटक लागत साझेदारीमा बारी जोत्नका लागि हाते ट्याक्टर, खोर्सानी र गोलभेडा खेतीका लागि टनेल लगायतका सामग्री वितरण गरेको दुुलालले जानकारी दिनुुभयो । यता कृषिलाई प्राथमिकता जिल्लाका पालिकाहरुले पनि किसानलाई आधुनिक कृषि औजारहरु उपलब्ध गराइरहेका छन् । पशुुपालन र कृषिलाई आवश्यक पर्ने साम्रगीहरु घाँस काट्न प्रयोग गरिने च्याप कटर, बारी जोत्न हाते ट्याक्टर, चिया टिप्ने मेशिन लगायतका सामग्री किसानहरुलाई वितरण गरिरहेका छन् । जिल्लाका सूूर्योदय नगरपालिकाले चिया टिप्ने मेशिन, च्यापकटर, हाते ट्याक्टर वितरण गरिरहेको छ । यस्तै रोङले हाते ट्याक्टर, धान रोप्ने मेशिन, च्याप कटर, मौरी पालनका लागि मौरीको घारलगायतका सामग्री किसानहरुलाई उपलब्ध गराएको रोङ गाउँपालिका उपाध्यक्ष विष्णुुमाया भुुजेलले बताउनुभयो ।

जिल्लाको दुुर्गम मानिने माङ्सेबुुङ गाउँपालिकाले पनि यसपटक किसानहरुका लागि लागेत साझेदारीमा बारी जोत्न हाते ट्याक्टर वितरण गरेको छ । बारी जोत्नै नपाएर जमिन बाँझो हुन थालेपछि विकल्पका रुपमा किसानलाई हाते ट्याक्टर उपलब्ध गराइएको माङ्सेबुुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताउनुुभयो । माई नगरपालिका, देउमाई नगरपालिका र इलाम नगरपालिकाले पनि कृषिलाई प्राथमिकतामा राखेर किसानलाई आधुुनिक औजार तथा मेशिनहरु उपलब्ध गराइरहेका छन् ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...