बेलौरीमा जलेको अवस्थामा रानाको शव भेटियो

Published on

काठमाडौँ । बेलौरी नगरपालिका–१० शिवनगरमा ५० वर्षीय हरिकिशन रानाको शव आज जलेको अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार शरिरको बाहिरी भाग जलेको अवस्थामा रानाको शव फेला परेको हो । शव फेला परेको स्थान नजिकै तोरीको भुसामा उनको मोटरसाइकल समेत जलाइएको पाइएको छ । बेलडाँडी गाउँपालिका–३ का बासिन्दा राना भैँसीपालन गरी दुग्ध व्यवसाय सञ्चालन गर्दै आएका थिए । “घटनास्थलमा प्रहरी टोली पुगेको छ,” प्रहरी नायब उपरीक्षक जोशीले भन्नुभयो, “के कति कारणले रानाको मृत्यु भयो भन्नेबारे अनुसन्धान गर्दैछौँ ।” रासस

spot_img

ताजा समाचार

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

काठमाडौँ - संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि...

नेक्सस कबड्डी कपको दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न, भोलि फाइनल खेल हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका...

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...