औषधीय गुण भएको महुवा सङ्कलन

Published on

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले वनमा पाइने महुवा पनि सङ्कलन गर्न थालेका छन् । महुवा कैलालीस्थित विभिन्न वनमा पाइने गर्दछ । गाउँघरमा स्थानीयले विशेष गरेर सुगन्धित रक्सी बनाउनका लागि महुवा प्रयोग गर्ने गर्दछन् । होमस्टे लगायतमा यसको खपत बढी हुने गरेको छ । यसैगरी, महुवाको फूलमात्रै खानले स्वास्थ्यलाई फाइदा पनि हुने गरेको स्थानीय बताउँछन् । रुखबाट महुवा झर्न थालेपछि गाउँघरवासीले बटुल्न थालेको गौरीगङ्गा नगरपालिका–१० नुक्लिपुरका होमस्टे सञ्चालक दिनेश चौधरीले बताउनुभयो । “महुवा सङ्कलनको काम सुरु भइसकेको छ”, उहाँले भन्नुभयो । होमस्टेमा आउने धेरैजसो पाहुनाले महुवाको सुगन्धित रक्सीको स्वाद लिन मन पराउने गरेका बताइन्छ । गाउँघरमा पाहुनालाई पनि महुवाको रक्सी दिने चलन रहेको छ ।

महुवा वनमा पाइने गैरकाष्ठ प्रजातिका रुखको फूल हो । बसन्त ऋतुभरि यसको फूल फुलेर झर्ने गर्दछ । झरेको फूललाई स्थानीयले सङ्कलन गरी सुकाउने र आवश्यक परेको बेला त्यसलाई उपयोग गर्ने गर्दछन् । महुवा सङ्कलनको सिजन सुरु भएपछि वनमा सङ्कलकको चहलपहल बढ्ने गर्दछ । वृद्धवृद्धादेखि लिएर बालबालिकासम्म महुवा सङ्कलन गर्न विहानै वन क्षेत्र पुग्ने गरेका छन् । महुवा बहुगुणी वृक्ष रहेकाले यसको बारेमा विस्तृत अध्ययन गरेर आर्थिक लाभ लिन आवश्यक रहेको संरक्षणकर्मी विजयराज श्रेष्ठले बताउनुभयो । उहाँले बसन्ता वनमा महुवाको धेरै रुख रहेको जनाउँदै त्यसको संरक्षणतिर पनि ध्यान दिन आवश्यक रहेको औंल्याउनुभयो । थारु समुदायका मानिसले परापूर्व समयदेखि वनको महुवा सङ्कलन गर्ने र रक्सी बनाउने गरेको श्रेष्ठको भनाइ छ ।

महुवा एकदमै उपयोगी रुख रहेको बताइन्छ । मौरी पालन र जैविक विविधताका लागि पनि महुवा निकै महत्वपूर्ण मानिन्छ । यसलाई जडिबुटीको रुपमा प्रयोग गर्न सकिने बताइन्छ । वन अधिकृत रामविचारी ठाकुरले गाउँघरमा महुवा रक्सी बनाउनका लागि प्रयोग भइरहेको उल्लेख गर्नुभयो । उहाँले तराईका वनमा सबैतिर महुवा पाइने गरेको जनाउँदै भन्नुभयो,“यो गैरकाष्ठ प्रजाति हो । गाउँघरमा महुवाको रक्सी बनाउँछन् । अरु प्रयोगबारे खासै जानकारी छैन ।”

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...