औषधीय गुण भएको महुवा सङ्कलन

Published on

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले वनमा पाइने महुवा पनि सङ्कलन गर्न थालेका छन् । महुवा कैलालीस्थित विभिन्न वनमा पाइने गर्दछ । गाउँघरमा स्थानीयले विशेष गरेर सुगन्धित रक्सी बनाउनका लागि महुवा प्रयोग गर्ने गर्दछन् । होमस्टे लगायतमा यसको खपत बढी हुने गरेको छ । यसैगरी, महुवाको फूलमात्रै खानले स्वास्थ्यलाई फाइदा पनि हुने गरेको स्थानीय बताउँछन् । रुखबाट महुवा झर्न थालेपछि गाउँघरवासीले बटुल्न थालेको गौरीगङ्गा नगरपालिका–१० नुक्लिपुरका होमस्टे सञ्चालक दिनेश चौधरीले बताउनुभयो । “महुवा सङ्कलनको काम सुरु भइसकेको छ”, उहाँले भन्नुभयो । होमस्टेमा आउने धेरैजसो पाहुनाले महुवाको सुगन्धित रक्सीको स्वाद लिन मन पराउने गरेका बताइन्छ । गाउँघरमा पाहुनालाई पनि महुवाको रक्सी दिने चलन रहेको छ ।

महुवा वनमा पाइने गैरकाष्ठ प्रजातिका रुखको फूल हो । बसन्त ऋतुभरि यसको फूल फुलेर झर्ने गर्दछ । झरेको फूललाई स्थानीयले सङ्कलन गरी सुकाउने र आवश्यक परेको बेला त्यसलाई उपयोग गर्ने गर्दछन् । महुवा सङ्कलनको सिजन सुरु भएपछि वनमा सङ्कलकको चहलपहल बढ्ने गर्दछ । वृद्धवृद्धादेखि लिएर बालबालिकासम्म महुवा सङ्कलन गर्न विहानै वन क्षेत्र पुग्ने गरेका छन् । महुवा बहुगुणी वृक्ष रहेकाले यसको बारेमा विस्तृत अध्ययन गरेर आर्थिक लाभ लिन आवश्यक रहेको संरक्षणकर्मी विजयराज श्रेष्ठले बताउनुभयो । उहाँले बसन्ता वनमा महुवाको धेरै रुख रहेको जनाउँदै त्यसको संरक्षणतिर पनि ध्यान दिन आवश्यक रहेको औंल्याउनुभयो । थारु समुदायका मानिसले परापूर्व समयदेखि वनको महुवा सङ्कलन गर्ने र रक्सी बनाउने गरेको श्रेष्ठको भनाइ छ ।

महुवा एकदमै उपयोगी रुख रहेको बताइन्छ । मौरी पालन र जैविक विविधताका लागि पनि महुवा निकै महत्वपूर्ण मानिन्छ । यसलाई जडिबुटीको रुपमा प्रयोग गर्न सकिने बताइन्छ । वन अधिकृत रामविचारी ठाकुरले गाउँघरमा महुवा रक्सी बनाउनका लागि प्रयोग भइरहेको उल्लेख गर्नुभयो । उहाँले तराईका वनमा सबैतिर महुवा पाइने गरेको जनाउँदै भन्नुभयो,“यो गैरकाष्ठ प्रजाति हो । गाउँघरमा महुवाको रक्सी बनाउँछन् । अरु प्रयोगबारे खासै जानकारी छैन ।”

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...