प्रधानमन्त्री र फुटबल खेलाडी कार्लोसबिच भेटघाट

Published on

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलियन लेजेन्ड फुटबल खेलाडी रोबर्टो कार्लोसबिच भेटघाट भएको छ । बुधवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग फुटबल खेलाडी रोबर्टो कार्लोसले भेट गर्नुभएको हो । नेपाल सुपर लिग हेर्न मंगलबार नेपाल आउनुभएका ब्राजिलियन लेजेन्ड फुटबल खेलाडी कार्लोस र प्रधानमन्त्री ओलीबिचको भेटमा नेपालमा खेलकुद क्षेत्रको उन्नयनका बारेमा छलफल भएको छ । ५२ वर्षका कार्लोसले सन् १९९२ देखि सन् २००६ सम्म ब्राजिलको टोलीबाट खेल्नुभएको थियो । कार्लोस शुक्रवार नै नेपाल आउने कार्यक्रम रहेपनि स्वास्थ्य अवस्थाका कारण आउन सक्नुभएको थिएन। ब्राजिलले सन् २००२ को विश्वकप जित्दा कार्लोस महत्वपूर्ण खेलाडी हुनुहुन्थ्यो ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...