प्रधानमन्त्रीसँग भारतीय विद्युतमन्त्रीको शिष्टाचार भेट

Published on

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा दुई छिमेकी मुलुकबिचको मित्रवत् र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास र सहकार्यका विविध पक्षमा छलफल भएको छ । पछिल्ला दिनमा दुई देशबीचको ऊर्जा क्षेत्रमा राम्रो सहकार्य विकास हुँदै गएको विषयमा उहाँहरूबिच छलफल भएको थियो । भारतीयमन्त्री खट्टरले अरुण–३ जलविद्युत् आयोजना क्षेत्रमा स्थलगत भ्रमण गरी प्रगतिबारे जानकारी लिएको अवगत गराउनुभयो । उक्त आयोजनालाई थप गति दिने भारतीय मन्त्री खट्टरले बताउनुभयो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तव, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो । रासस

spot_img

ताजा समाचार

नेक्सस कबड्डी कप २०८३ सम्पन्न

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा सञ्चालन भएको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो...

बाढी प्रभावितका लागि उबरको ‘राइड फर नेपाल’ अभियान, ५० लाख सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उबरले ‘राइड...

नयाँ प्रणालीमार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता...

माइक्रो बसमा अचानक आगलागी

काठमाडौँ । कोहलपुरबाट कैलालीतर्फ गइरहेको ईभी माइक्रो बसमा आइतबार बिहान अचानक आगलागी भएको छ।...