गाजामा खाद्यान्न, इन्धन र खोपको गम्भीर अभाव

Published on

काठमाडौँ । प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजामा करिब ५० दिनदेखि जारी नाकाबन्दीका कारण खाद्यान्न, इन्धन, खोप र चिकित्सा सामाग्री जस्ता अत्यावश्यक वस्तुहरूको गम्भीर अभाव भएको जनाएको छ । गाजाको पछिल्लो अवस्थाबारे जानकारी दिँदै एजेन्सीले खाद्य अभाव अत्यधिक भएको र लाखौं मानिसहरू दैनिक जीवनका लागि आवश्यक सामग्रीको चरम अभावमा रहेको उल्लेख गरेको छ । संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले गाजाको अवस्था अत्यन्त चिन्ताजनक भएको बताउँदै बालबालिकाहरू कुपोषणको उच्च जोखिममा रहेको र बिरामीहरूले उचित उपचार नपाई ज्यान गुमाउनु परेको दुःखद अवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले मानवीय दृष्टिले नाकाबन्दी तुरुन्त हटाइनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले जारी गरेको पछिल्लो बजार अनुगमन प्रतिवेदनअनुसार, गाजाको नाजुक अर्थतन्त्रमा नाकाबन्दीका कारण अत्यावश्यक वस्तुहरूको मूल्यमा १५० देखि ७०० प्रतिशतसम्म वृद्धि भएको देखिएको छ । यसले आम जनताको जीवनस्तरमा गहिरो असर पारेको छ । युएनआरडब्लुएका अनुसार, धेरै परिवारहरू इन्धनको अभावका कारण फोहोर सामग्री वा काठ जलाएर खाना पकाउन बाध्य छन्, जुन स्वास्थ्य र वातावरण दुबैका लागि जोखिमपूर्ण मानिन्छ । दैनिक प्रेस ब्रिफिङमा डुजारिकले कार्यवाहक मानवीय संयोजक सुजाना टकलेक तथा ओसीएचए (ओसीएचए) टोलीले डेर अल–बलाह र खान युनूस क्षेत्रको भ्रमण गरेको जानकारी दिनुभयो । रासस/क्युएनए

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...