अटो निर्माताहरूमाथि करको प्रभाव कम गर्ने ट्रम्पको अपेक्षा

Published on

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै भन्सार महसुलबाट प्रभावित भएका अटो निर्माताहरूमाथिको महसुलको प्रभाव कम गर्न सहमत हुनुभएको अमेरिकी मिडियाले सोमबार रिपोर्ट गरेको छ । यो कदम राष्ट्रपतिको पदभार ग्रहण गरेको पहिलो एक सय दिन पूरा भएको अवसरमा डेट्रोइट नजिकै मङ्गलबार राति हुने ट्रम्पको र्‍याली अगावै आएको हो । द वाल स्ट्रिट जर्नलले पहिलो पटक रिपोर्ट गरेअनुसार यो परिवर्तनको अर्थ कार आयातमा २५ प्रतिशत भन्सार महसुल तिर्ने कम्पनीहरूले फलाम र एल्युमिनियम जस्ता अन्य शुल्कहरू तिर्नु पर्दैन । जर्नलका अनुसार प्रशासनले मे ३ मा लागु हुनुपर्ने विदेशी अटो पार्ट्समा केही प्रतिपूर्तिहरू पनि अनुमति दिइरहेको छ । भन्सार महसुलहरूले मेक्सिको र क्यानाडाबाट आयातलाई प्रभावित पार्ने हुनाले अमेरिकी अटो निर्माताहरू सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्ये एक हुन् । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतामा पुनः वार्ता गरेपछि डेट्रोइट कार निर्माताहरूले ती बजारहरूमा लगानी कायम राखे ।

विश्लेषकहरूले भन्सार महसुलहरूले उच्च मूल्यहरू निम्त्याउन सक्छ भन्दै यसले अमेरिकी कार बिक्रीलाई घटाउँछ र रोजगारीलाई खतरामा पार्ने चेतावनी दिएका छन् । जर्नलका अनुसार वाणिज्यमन्त्री हावर्ड लुटनिकले ट्रम्पले ‘महत्त्वपूर्ण साझेदारी निर्माण गरिरहनुभएको’ बताउनुभयो । “यो सम्झौता पहिले नै घरेलु रूपमा उत्पादन गरिरहेका कम्पनीहरूलाई पुरस्कृत गरेर राष्ट्रपतिको व्यापार नीतिका लागि ठुलो जीत हुनेछ भने अमेरिकामा लगानी गर्न र घरेलु उत्पादन विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्ने निर्माताहरूलाई एक मार्ग प्रदान गर्ने छ”, लुटनिकले भन्नुभयो । अमेरिकी अटो निर्माताहरूले परिवर्तनलाई स्वागत गरेका छन् । “अमेरिकी अटोमोटिभ उद्योग र हामीमाथि निर्भर रहेका लाखौँ अमेरिकीलाई सहयोग गरेकोमा हामी राष्ट्रपति ट्रम्पप्रति आभारी छौँ”, जनरल मोटर्सकी प्रमुख कार्यकारी मेरी बाराले भन्नुभयो । रासस/एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...