क्षयरोगमुक्त पालिका घोषणा गर्न सुरुङ्गामा रोगीको पहिचान र उपचार सुरु

Published on

काठमाडौँ । सप्तरीको सुरुङ्गा नगरपालिकाले क्षयरोगमुक्त पालिका घोषणा गर्ने तयारी स्वरुप रोगीको पहिचान र उपचार अभियानको सुरुवात गरेको छ । नगरपालिकाले मङ्गलबारदेखि निःशुल्क क्षयरोग पहिचान र उपचार गर्न ‘एकटिभ केश डिटेक्सन कार्यक्रम’ सञ्चालन गरी क्षयरोगमुक्त पालिका बनाउने तयारी स्वरुप अभियानको सुरुवात गरेको हो । सुरुङ्गा नगरपालिकाको नीति तथा कार्यक्रमा क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्य अनुसार क्षयरोग भएका रोगीको पहिचान र उपचारका लागि निःशुल्क ‘एकटिभ केश डिटेक्सन कार्यक्रम’ सञ्चालन गरिएको नगरप्रमुख गीता चौधरीले जानकारी दिनुभयो । उहाँले पालिकाको तीन स्थानमा सेन्टर तोकेर प्रत्येक सेन्टरमा एक दिन गरी तीन दिनसम्म रोगीहरुको पहिचान गर्ने काम थालिएको र क्षयरोगको लक्षण देखिएका रोगीलाई निःशुल्क उपचार गरेर २०८३ सम्म क्षयरोगमुक्त पालिका घोषणा गरिने बताउनुभयो ।

“क्षयरोग परीक्षण गराउनका लागि पालिकाको ११ वटै वडाका नागरिकलाई पायक पर्ने गरी तीन वटा सेन्टर तोकिएको छ । त्यहाँ हुने परीक्षणबाट क्षयरोग देखापरेको व्यक्तिलाई ६ महिनासम्म औषधी खुवाएर निको पारी अनि क्षयरोगमुक्त पालिका घोषणा गर्नेछौं” नगरप्रमुख चौधरीले भन्नुभयो । गाउँघरका सेवाग्राहीमा क्षयरोग देखियो भने के हुन्छ ? गाउँ समाजले अपहेलित गर्छ कि रु बरु रोग नै पचाएर जाँउ भन्ने घारणा भएका कारण केही व्यक्तिले जाँच गराउन डराएको भन्नुहुँदै उहाँले पालिकाको सबै नागरिकलाई जाँच गराएर सुरुङ्गा नगरपालिकालाई क्षयरोगमुक्त पालिका घोषणा गर्नमा सहयोग गर्न अपिल गर्नुभयो । क्षयरोग निवारण केन्द्र भक्तपुर र मधेश प्रदेश सरकार समेतको प्राविधिक सहयोगमा सुरुङ्गा नगरपालिकाको आयोजनामा मङ्गलबार वडा नम्बर २ स्थित जनता मावि भेडिया, बुधबार वडा नम्बर ५ स्थित मसिलाल जनता मावि कुशहा र बिहीबार वडा नम्बर ८ स्थित घाँती बजारमा गरी तीनवटा सेन्टरमा ‘एकटिभ केश डिटेक्सन कार्यक्रम’ सञ्चालन हुने सुरुङ्गा नगरपालिकाले जनाएको छ ।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...