इयुसँगको सम्बन्धले विश्व अर्थतन्त्र र व्यापारमा ‘बहुमूल्य स्थिरता’ प्रदान गर्छ : चीन

Published on

काठमाडौँ । वासिङ्टनसँगको व्यापार युद्ध जारी रहँदा बेइजिङले युरोपेली ब्लकसँग नजिकको सम्बन्ध खोज्दै गर्दा चीनले बुधबार विश्व अर्थतन्त्रमा ‘बहुमूल्य स्थिरता’ थप्ने युरोपेली सङ्घ (इयु) सँगको सम्बन्धको प्रशंसा गरेको छ । “चीन र युरोपेली सङ्घले आर्थिक र व्यापारिक सहयोगमा एकअर्काको शक्तिहरू पूरक गर्छन्, जसले आपसी लाभ र जित–जित को परिणामहरू सिर्जना गर्छ”, विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भन्नुभयो, “विश्वका प्रमुख अर्थतन्त्रका रूपमा चीन र युरोपेली सङ्घले वर्तमान परिस्थितिमा बहुपक्षीय व्यापार प्रणालीलाई कायम राख्दै व्यापार उदारीकरण र सहजीकरणलाई बढावा दिन्छन्, यसले विश्व अर्थतन्त्र र वैश्विक व्यापारमा बहुमूल्यन स्थिरता र निश्चितता प्रदान गर्नेछ ।”

बेइजिङले वर्तमान र पूर्व सांसदहरू विरुद्धको प्रतिबन्धहरू हटाउने योजना बनाइरहेको युरोपेली संसद्का एक अधिकारीलाई उद्धृत गर्दै पोलिटिकोले बुधबार रिपोर्ट गरेको छ । नियमित ब्रिफिङमा बोल्दै गुओले रिपोर्टको पुष्टि गर्नुभएन तर ब्लकसँगको सम्बन्धले ‘सकारात्मक गति’ देखाएको बताउनुभयो । “युरोपेली संसद्का सदस्यहरूलाई चीनको थप भ्रमण गर्न न्यानो प्रोत्साहन दिइन्छ”, उहाँले भन्नुभयो । रासस/एएफपी

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...