श्रमिक अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

Published on

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले श्रमिक अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । विश्व मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुहुँदै उहाँले श्रम अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्धता रहेको बताउनुभएको हो । प्रत्येक वर्ष मे १ तारिखमा मनाइने विश्व मजदुर दिवस श्रमिकको पेशागत मर्यादा, सम्मान र अधिकारको प्रत्याभूति गराउने दिवसको रूपमा स्थापित भएको उल्लेख गर्नुहुँदै यसले विश्वभरिका श्रमिकहरूलाई हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ एकताबद्ध गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारी र श्रमको हक सुनिश्चित गर्नुका साथै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई सुनिश्चित गरेको कुरामा जोड दिनुभयो । त्यस्तै, समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव नहुने संवैधानिक प्रावधानको स्मरण गराउँदै उहाँले सबै श्रमिकहरूका हक अधिकार सुनिश्चित गर्न समानताको हकले समेत ग्यारेन्टी दिएको उल्लेख गर्नुभयो । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्दै प्रदेशको समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भरताको लक्ष्यलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

उहाँले उद्यमशीलताको माध्यमबाट समुदायस्तरमा पूँजीको विकास गर्दै स्थानीय उत्पादनको कार्यमा सबैलाई जोड्न आवश्यक रहेको औंल्याउँदै यस अभियानलाई अघि बढाउन उद्यमी तथा श्रमिक जनशक्तिको महत्त्वपूर्ण भूमिका रहने स्पष्ट पार्नुभयो । मुख्यमन्त्रीले आचार्यले मर्यादित श्रमको वातावरण निर्माण गर्दै उत्पादन र उत्पादकत्व वृद्धिका लागि प्रदेश सरकारले आवश्यक नीतिगत व्यवस्था गर्दै कार्यान्वयनमा समेत सक्रियता देखाइरहेको उल्लेख गर्नुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...