दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री राष्ट्रपति पदको दौडमा

Published on

काठमाडौँ । पूर्व राष्ट्रपतिको महाभियोगबाट सुरु भएको आकस्मिक चुनावमा दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री हान डक–सूले शुक्रबार राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । दक्षिण कोरियालाई लामो राजनीतिक उथलपुथलमा डुबाएको डिसेम्बरमा मार्सल लको दुर्भाग्यपूर्ण घोषणापछि जुन ३ मा हुने मतदानले पदबाट हटाइएका महाभियोगमा परेका पूर्वराष्ट्रपति युन सुक योललाई कसले प्रतिस्थापन गर्ने भन्ने निर्णय गर्ने छ । चुनावी कानुन उल्लङ्घन गरेको आरोपमा राष्ट्रपति पदका उम्मेद्वारलाई पुनः सुनुवाइको आदेश दिएपछि र हानसहित दुई प्रमुख सरकारी व्यक्तित्वले राजीनामा दिएपछि बिहीबार देशमा राजनीतिक अस्थिरता बढेको छ ।

हानले बिहीबार कार्यवाहक राष्ट्रपति र प्रधानमन्त्रीका रूपमा राजीनामा गर्दा सम्भावित राष्ट्रपतिको उम्मेदवारी दिने सङ्केत गर्नुभएको थियो । उहाँले ‘ठुलो जिम्मेवारी लिन’ इच्छुक रहेको बताउनुभएको थियो । “मैले गहिरो रूपमा माया गरेको कोरिया गणतन्त्रको भविष्यका लागि र हामी सबैका लागि, मैले जे गर्न सक्छु गर्ने निर्णय गरेको छु”, हानले शुक्रबार टेलिभिजन भाषणमा भन्नुभयो, “यो राष्ट्रपति चुनावमा हाम्रा जनताले रोज्नका लागि म सक्दो प्रयास गर्ने छु ।” डिसेम्बरमा संसद्ले युनलाई महाभियोग लगाएपछि पूर्व प्रधानमन्त्री हानले देशको कार्यवाहक राष्ट्रपतिको पदभार ग्रहण गर्नुभएको थियो । पचहत्तर वर्षीय करियर ब्युरोक्र्याट हानले युनको पिपुल पावर पार्टीसँग मिलेर लिबरल फ्रन्ट रनर ली जे–म्युङविरुद्ध एकीकृत कन्जरभेटिभ अभियान सुरु गर्ने अपेक्षा गरिएको छ ।

उदार र कन्जरभेटिभ दुवै सरकारमा हानले अर्थमन्त्री, व्यापार मन्त्री र अमेरिकाका लागि देशको राजदूतसहित धेरै वरिष्ठ भूमिका सम्हाल्नुभएको छ । विशेष गरी हानले दुई पटक प्रधानमन्त्रीको रूपमा सेवा गर्नुभएको छ । पहिलो स्वर्गीय पूर्व राष्ट्रपति रोह मो–ह्युनको अधीनमा र हालसालै युनको अधीनमा । “मैले गणतन्त्र कोरियाको गौरवशाली सार्वजनिक सेवकका रूपमा आर्थिक विकासको अग्रपङ्क्तिमा सेवा गर्न मेरो जीवन समर्पित गरेको छु”, हानले भन्नुभयो । उहाँले वासिङ्टनको करहरू समावेश भएको व्यापारमा चलिरहेको सङ्कटलाई सम्बोधन गर्ने वाचा गर्नुभयो । उहाँले राष्ट्रपतिको कार्यकाल छोटो गर्न संविधान संशोधन गर्ने बाचा पनि गर्नुभयो ।

दक्षिण कोरियाको एकल पाँच वर्षे राष्ट्रपति कार्यकालले लामो समयदेखि एक व्यक्तिमा अत्यधिक शक्ति केन्द्रित गरेकोमा आलोचनाको सामना गरिरहेको छ । आलोचकहरूले यसलाई पर्याप्त नियन्त्रण र सन्तुलनको अभाव भएको आरोप लगाएका छन् । हानको घोषणा देशको सर्वोच्च अदालतले अघिल्लो अभियानका क्रममा झूटो बयान दिएकोमा दोषी नभएको फैसला खारेज गरेको एक दिनपछि आएको छ । सोही दिन हानलाई कार्यवाहक राष्ट्रपतिका रूपमा प्रतिस्थापन गर्न तयार भएका अर्थमन्त्री चोई साङ–मोकले विपक्षी सांसदहरूले मार्सल ल घटनामा संलग्न भएको आरोपमा उहाँको महाभियोगमा मतदान गरेपछि राजीनामा दिनुभयो ।चोईको राजीनामापछि महाभियोग प्रक्रिया स्थगित गरिएको थियो । रासस/एएफपी

spot_img

ताजा समाचार

बालबालिकालाई तीन महिने प्रशिक्षण

काठमाडौं । यल अध्ययन केन्द्रले १२ वडाका स्थानीय बालबालिकालाई तीन महिने नेपालभाषा, नेवार नृत्य, गायन,...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

विवादका कारण नेपाल र हङकङबिचको मैत्रीपूर्ण खेल रद्ध

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्र चुलिएको विवादका कारण यही चैत १२...

बास्केटबल लिग : टाईम्सको लगातार पाँचौ जित

काठमाडौं । टाईम्स ईन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा पाँचौ जित...