भेनेजुएलाका आप्रवासीको कानुनी सुरक्षा खारेज गर्न ट्रम्प प्रशासनको आग्रह

Published on

काठमाडौँ । ट्रम्प प्रशासनले बिहीबार सर्वोच्च अदालतलाई तीन लाख ५० हजार भेनेजुएलालीबाट अस्थायी कानुनी सुरक्षा हटाउन आग्रह गरेको छ । यसले उनीहरूलाई निर्वासनको जोखिममा पार्न सक्छ । न्याय मन्त्रालयले उच्च अदालतलाई सान फ्रान्सिस्कोको एक सङ्घीय न्यायाधीशको फैसलालाई रोक्न आग्रह गरेको छ । उक्त फैसलाले भेनेजुएलाका लागि अस्थायी संरक्षित स्थिति (टिपिएस) कायम राखेको थियो अन्यथा यो गत महिना समाप्त हुने थियो । यस स्थितिले संयुक्त राज्य अमेरिकामा पहिले नै रहेका मानिसहरूलाई कानुनी रूपमा बस्न र काम गर्न अनुमति दिन्छ किनभने तिनीहरूको मूल देशहरू प्राकृतिक प्रकोप वा नागरिक द्वन्द्वका कारण फर्कन असुरक्षित मानिन्छन् । सङ्घीय अपिल अदालतले यसअघि प्रशासनको अनुरोधलाई अस्वीकार गरेको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासीहरूलाई देशमा रहन अनुमति दिने विभिन्न सुरक्षा फिर्ता लिन आक्रामक रूपमा कदम चालेको छ । यसमा कुल छ लाख भेनेजुएलाली र पाँच लाख हाइटीवासीका लागि टिपिएस समाप्त अन्त्य गर्ने कुरा समावेश छ । टिपिएस १८ महिनाको अन्तरालमा प्रदान गरिन्छ । टेक्सासका एक सङ्घीय न्यायाधीशले १८औँ शताब्दीको युद्धकालीन कानुनअन्तर्गत भेनेजुएलालीहरूलाई निर्वासित गर्ने प्रशासनको प्रयासलाई अवैध ठहर गरेको दिन नै उच्च अदालतमा आपत्कालीन अपिल आएको थियो । यी मामिलाहरू सम्बन्धित छैनन् । संरक्षणहरू अप्रिल ७ मा समाप्त हुने थियो तर अमेरिकी जिल्ला न्यायाधीश एडवर्ड चेनले ती योजनाहरूमा रोक लगाउनुभयो । उहाँले म्याद सकिएपछि लाखौँ मानिसको जीवनलाई गम्भीर रूपमा अवरुद्ध गर्ने खतरा थियो र अर्बौं डलरको आर्थिक गतिविधि गुम्न सक्थ्यो भन्ने पत्ता लगाउनुभयो ।

डेमोक्रेटिक राष्ट्रपति बाराक ओबामाद्वारा नियुक्त न्यायाधीश चेनले कार्यक्रमलाई जीवित राखेर सरकारले कुनै हानि देखाएको नभएको पाउनुभयो । तर प्रशासनको तर्फबाट महान्यायाधिवक्ता डी जोन सोअरले चेनको आदेशले आप्रवासन र विदेशी मामिलामा प्रशासनको शक्तिमा हस्तक्षेप गरेको बताउनुभयो । यसका अतिरिक्त सोअरले न्यायाधीशहरूलाई भन्नुभयो, “संरक्षित स्थिति अन्त्य गर्नबाट प्रभावित व्यक्तिहरूसँग देशमा रहन प्रयास गर्नका लागि अन्य कानुनी विकल्पहरू हुन सक्छन् किनकि टिपिएस समाप्त गर्ने निर्णय अन्तिम निष्कासन आदेश सरह होइन ।” प्राकृतिक प्रकोप वा नागरिक द्वन्द्वबाट पीडित देशहरूमा निर्वासन रोक्नका लागि काङ्ग्रेसले सन् १९९० मा टिपिएसको स्थापना गरेको थियो । रासस/एपी

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...