गाजाको मानवीय संकटबारे बेलायत, फ्रान्स र जर्मनीको गम्भीर चिन्ता, युद्ध तत्काल अन्त्यको आह्वान

Published on

काठमाडौँ – गाजामा जारी युद्ध र बढ्दो मानवीय संकटप्रति बेलायत, फ्रान्स र जर्मनीले गम्भीर चिन्ता व्यक्त गरेका छन्। ती तीन युरोपेली मुलुकले एक संयुक्त वक्तव्य जारी गर्दै युद्ध तत्काल अन्त्य गर्न सबै पक्षलाई आह्वान गरेका हुन्।

बीबीसीका अनुसार संयुक्त वक्तव्यमा हमासद्वारा अपहरणमा परेका बन्धकहरूलाई विना शर्त रिहा गर्नु अघि नै युद्धविराम आवश्यक भएको स्पष्ट गरिएको छ। युद्धको निरन्तरताले सर्वसाधारण जनताको जीवन थप संकटमा पारेको भन्दै तिनले नागरिकहरूका लागि अत्यावश्यक खाद्य वस्तु तथा खानेपानीको आपूर्ति ढिलो नगरी सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।

वक्तव्यमा इजराइलसँग संयुक्त राष्ट्रसङ्घ तथा मानवीय कार्यमा संलग्न गैरसरकारी संस्थाहरूलाई गाजामा तत्काल प्रवेश गराई मानवीय राहत पुर्‍याउन अनुमति दिन आग्रह गरिएको छ। साथै, इजराइलले अन्तर्राष्ट्रिय मानवीय सहायता सम्बन्धी कानूनी दायित्व पूरा गर्नुपर्ने स्मरण गराइएको छ।

यी देशहरूले गाजाको दीर्घकालीन समाधानका लागि “अर्को चरणको योजना”मा प्रतिबद्धता जनाउँदै इजरायली सेनाको फिर्ती र हमास नेतृत्वको अन्त्य गर्ने दिशामा काम भइरहेको जनाएका छन्।

यसैबीच, इजरायली सुरक्षा अधिकारीहरूले आउँदा दिनहरूमा गाजामा हवाईमार्गबाट राहत सामग्री खसाल्ने अनुमति दिन सकिने बताएका छन्। रेडियो इजरायलका अनुसार सुरुआती चरणमा यो अनुमति जोर्डन र संयुक्त अरब इमिरेट्स (यूएई) लाई दिइने छ।

गएको वर्ष पनि बेलायत, अमेरिका र जोर्डनले संयुक्त रुपमा गाजामा हवाईमार्गमार्फत मानवीय सहायता पुर्‍याएका थिए।

spot_img

ताजा समाचार

‘श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं । वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट)बाट...

बेमौसमी मकै खेतीमा बढ्दै छ किसानको रुचि

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिकाका किसान मकै खेतीतर्फ आकर्षित हुन थालेका छन् । बाँकेको...

आर्थिक उपार्जनका लागि कफीखेती अभियान

 काठमाडौं । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–५ घैयाँडाँडाकी देवीमाया तुम्सिङ मगर पाखोबारीमा मकै छर्ने कामसँगै...

टी–१२ क्रिकेट प्रतियोगिताको उपाधि नेपालगन्ज ८ लाई

काठमाडौं । रमवापुर स्पोर्टस क्लबको आयोजनामा जानकी गाउँपालिका वडा–३ मा सञ्चालन भएको वडास्तरीय ‘राजकुमार...