पोखरामा फेला परेका सिन्धुलीका हायू परिवारलाई आफन्तको जिम्मा लगाइयो

Published on

काठमाडौँ – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन भएका हायू परिवार पोखराको गगनगौंडामा फेला परेका छन्। कास्की प्रहरीले उनीहरूलाई पोखरामै रहेका आफन्तको जिम्मा लगाएको छ।

उक्त परिवारका १६ जना सदस्य बिहीवारदेखि सम्पर्कविहीन भएपछि खोजी कार्य तीव्र पारिएको थियो। प्रहरीका अनुसार उनीहरू गगनगौंडाको एउटा घरमा बसिरहेको अवस्थामा हिजो बेलुकी अबेर फेला परेका हुन्। सो परिवारका सदस्यहरूले पोखरामा ज्यामी काम गर्न आएकाे बताएका छन्। “सिन्धुलीमा काम नपाएपछि परिवारसहित पोखरा आएको” उनीहरूको भनाइ छ।

हायू परिवार बिहीवार राति गाडी रिजर्भ गरी सिन्धुलीबाट हेटौँडा, मुग्लिन हुँदै पोखरा पुगेका थिए। परिवारका एकजना ज्वाइँ र छोरी पहिल्यै पोखरामै रहेको तथा अर्की छोरी काठमाण्डौमा बस्ने गरेको प्रहरीले जानकारी दिएको छ।

सम्पर्कविहीन भएपछि गाउँको एकान्तमा रहेको घरमा प्रहरीसहितको टोली पुग्दा कोही नदेखिएपछि स्थानीयवासीहरूले जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए। घरमा ६ वटा बाख्रा बाँधिएको, कुकुर छोडिएको र कसैलाई जानकारी नदिइकन हतारिँदै परिवार बेपत्ता भएपछि स्थानीय स्तरमा चासो र आशंका दुवै बढेको थियो।

छोरा विदेशबाट आएको, सामाजिक सुरक्षा भत्ता पाएको तथा रमाइलोका लागि घुम्न निस्किएको हुनसक्ने अनुमानसहित प्रहरीले खोजी कार्य अघि बढाएको थियो। हाल अवस्था सामान्य रहेको र परिवार सुरक्षित रहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...