सडक विभागको सचेतना आग्रह : भारी वर्षा र पहिरोका कारण सडक अवरुद्ध हुने सम्भावना

Published on

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले असोज १८ देखि २० गतेसम्म मनसुन सक्रिय रहने जानकारी दिँदै देशका विभिन्न स्थानमा भारी वर्षा र पहिरोका कारण सडक अवरुद्ध हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।

विभागका अनुसार शनिबार बिहान ७ बजेसम्म मुख्य राजमार्गहरू सामान्य रूपमा सञ्चालनमा छन्, यद्यपि केही सडक खण्डहरूमा राति अबरुद्ध भएका सडकहरू बिहान ५ बजेबाट सुचारु भएका छन्।

हाल देशभरका चार स्थानका राजमार्ग खण्डहरू — ताप्लेजुङको फक्ताङलुङ–बेल्ली खोला, रुकुमको तादीगाउँ–डिङ्ग्रे, संखुवासभाको अर्खटेप, र सिन्धुलीको १०४ किलोमिटर क्षेत्र — पहिरोका कारण अवरुद्ध छन्। पहिरो पन्छाउने काम तीव्र गतिमा भइरहेको र सडक चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको विभागले जानकारी दिएको छ।

जल तथा मौसम विज्ञान विभागले शनिबार र आइतबार अधिकांश भू-भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ, जसले गर्दा बाढी र पहिरोको जोखिम पनि उच्च रहेको छ।

सडक विभागले विशेष सतर्कता अपनाउनुपर्ने क्षेत्रको रूपमा मुग्लिङ–नारायणगढ सडक, मुग्लिङ–गोरखा सडक, बिपी राजमार्ग, अरनिको राजमार्ग, त्रिभुवन राजपथ, र गल्छी–स्याङ्जा सडकलाई औंल्याएको छ। यी क्षेत्रमा बेलुका ८ बजेपछि बिहान ५ बजेसम्म यात्रा नगर्न सुझाव दिइएको छ।

सडक विभागका प्रवक्ता प्रभातकुमार झाले आवश्यक उपकरण परिचालन गरी अवरुद्ध सडकमा तत्काल मर्मत तथा पहिरो पन्छाउने कार्य भइरहेको जानकारी दिनुभएको छ।

सडक प्रयोगकर्ताहरूलाई थप जानकारीका लागि टोल–फ्री नम्बर ९८५१४१६८९३ वा नजिकको सडक कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न पनि विभागले आग्रह गरेको छ।

विभागले सम्पूर्ण नागरिकलाई वर्षाको समयमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन र सूचनाहरूको पछाडि लाग्न अनुरोध गरेको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...