वीरगञ्जको होटलमा बुबा-छोरा मृत फेला

Published on

काठमाडौं । वीरगञ्जको नयाँ बसपार्कस्थित भानुचोकमा रहेको शाह पाराडाइज होटलमा बास बसेका बुबा र छोरा होटलको कोठमा मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार छिमेकी राष्ट्र भारतको वेस्ट बंगाल भुवनेश्वरका नागरिक रहेका ६७ वर्षीया सजल आचार्य र २४ वर्षीया सागर आचार्य भानुचोकमा रहेको होटलको कोठामा मृत फेला परेका हुन् ।

होटलले दिएको जानकारी अनुसार ती बाबु छोराले उपचारको लागि नेपाल आएको उल्लेख गर्दै असोज १९ गते आईतबार दुई दिनको लागि भनेर कोठा बुक गरेका थिए । आईतबार साँझ र सोमबार बिहान होटलमा खाना खाएका तर सोमबार साझ र मंगलबार बिहान खाना खान आएका थिएनन् ।

होटलका कर्मचारीले मंगलबार दिउँसो करिब ४ बजेतिर होटलको कोठा ठक—ठक्याउँदा कसैले नखोलेको र कोठा भित्रबाट बन्द रहेकाले शंकास्पदलागि ढोका माथिको भेन्टिलेशनबाट हेरेका थिए । कोठामा एक जना पंखामा झुन्डिएको एक जना बेडमा नै लम्पसार अवस्थामा रहेको देखेपछि होटलका कर्मचारीले प्रहरी चौकी बसपार्कलाई खबर गरेका थिए ।

प्रहरी चौकी बसपार्क र जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलिले मंगलबार राती करिब ८ बजेतिर उक्त कोठाको भेन्टिलेसनबाट हेर्दा बुवा सजन आचार्य ओछ्यानमा मृत देखिएको र छोरा सागर आचार्य पंखामा झुन्डिएको अवस्थामा देखेको थियो ।

प्रहरीले उक्त कोठा रातभर निगरानी राखी बुधबार बिहान वीरगञ्ज महानगरपालिका वडा १६ का वडा अध्यक्ष परशुराम चौरसियाको रोहवरमा कोठाको लक तोडेर कोठा खोली सर्जिमिन मुचुल्का गरेर परिक्षणको लागि शव नारायणी अस्पतालमा पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक लम्सालले मृत्युको कारण पोष्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि खुल्ने बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...