मलेसियामाथि पाँच विकेटको जित, नेपालले टी–२० शृङ्खला जित्यो

Published on

काठमाडौं, असोज २२ — नेपाल महिला टि–ट्वान्टी क्रिकेट टिमले मलेसियाविरुद्धको पाँच खेलको अन्तर्राष्ट्रिय शृङ्खला जित्न सफल भएको छ। बुधबार मलेसियाको बायोमास क्रिकेट ओभलमा भएको अन्तिम तथा निर्णायक पाँचौँ खेलमा नेपालले मलेसियालाई पाँच विकेटले पराजित गर्दै शृङ्खला ३–२ ले आफ्नो पक्षमा पारेको हो।

निर्णायक खेलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमै पाँच विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि रुवि पोदारले सर्वाधिक २६ रन बनाइन् भने पूजा महतोले २३, रुविना क्षेत्रीले अविजित १५ र सम्झना खड्काले १३ रनको योगदान दिइन्।

बलिङतर्फ मलेसियाका आइन हामिजा हसिम, नुर डानिया स्युहदा, आइसा एलिसा फिर्डाजु र नुर आल्या हुदाले समान एक–एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०३ रन बनाएको थियो। मलेसियाका लागि विनिफ्रेड दुराइसिंघमले ४० रनको उत्कृष्ट योगदान दिइन् भने माहिरा इज्जती इस्माइलले १९, आइन हामिजाले १५ र नुर डानियाले ११ रन जोडिन्।

नेपालको बलिङतर्फ कविता कुँवर र राजमति ऐरीले समान तीन–तीन विकेट लिए भने रचना चौधरीले एक विकेट हात पारिन्।

यसअघि मलेसियाले शृङ्खलाको पहिलो दुई खेलमा तीन र १३ रनले जित हात पारेको थियो भने नेपालले त्यसपछि लगातार दुई खेल ६ विकेटको अन्तरले जित्दै शृङ्खला बराबरीमा ल्याएको थियो। पाँचौँ तथा अन्तिम खेलमा पनि शानदार प्रदर्शन गरेसँगै नेपालले यो अन्तर्राष्ट्रिय शृङ्खला आफ्नो पक्षमा पार्न सफल भएको हो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...