गौरीशङ्कर एग्रोका कारणले लौकही डुबानमा परेको गुनासो

Published on

काठमाडौं । सुनसरीको सीमावर्ती कोशी गाउँपालिका १, २ र ३ नम्बर वडाको राजमार्ग क्षेत्रमा स्थानीय गौरीशङ्कर एग्रो इन्डष्ट्रिज प्रालिको दाना उद्योगका कारणले डुबानमा परेको गुनासो बाहिर आएको छ ।

दुई हप्ता अघि आएको बाढीको पानी निकासको बन्द गर्ने गरी उद्योग सञ्चालन भएकाले उद्योगकै कारणले राजमार्ग उतरको भाग कोशी २ र ३ को पश्चिम कुुशाहा तथा कोशी १ र ३ को दक्षिणतर्फको भाग लौकही डुबानमा परेको गुनासो स्थानीयहरुले गरेका छन् ।

दाना उद्योगका कारणले सयौं बिघा धान र उखु खेत डुबानमा परेको स्थानीय शिवनारायण उरावँले गुनासो गर्नुभएको छ । झण्डै ११ विगा क्षेत्रफलमा फैलिएको उद्योगको क्षेत्रमा राजमार्गभन्दा अग्लो हुने गरी भरेको र संरचना निर्माण गरेको कारणले उतर तर्फको पानी निर्वाद रुपमा बग्न नपाएकाले बस्तीदेखि धानखेतसम्म डुबानमा परेको स्थानीय बाशिक आलमले गुनासो गर्नुभयो ।

कोशी ३ का उमर अन्सारीले आफूहरुको बस्ती उद्योगका कारणले डुबानमा परेको दाबी गर्नुहुँदै उद्योगको बिचबाट पुल वा निकासको कुनै माध्यम बनाउनुपर्ने सुझाव दिनुभयो । उहाँले डुबानको गुनासो आफ्नो मात्रै नभई बस्तीभरीकै गुनासो भएको बादी गर्नुभएको छ ।

बाल र संरचनाका कारणले डुबानमा पर्ने एकातिर समस्या रहेको छ भने अर्को तर्फ उद्योगको प्रदूषणले मानव स्वास्थ्यमा समस्या भएको, धुलो र सिधा पेलेको दिन बस्ती नै दुर्गन्ध हुने गुनासो स्थानीयहरुले गरेका छन् ।

उद्योगका कारणले डुबान र प्रदूषण बढेको गुनासो बाहिर आएको विषयमा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले उद्योग प्रशासनलाई पटक पटक सचेत गराएको तर सहमति गरेर कार्यान्वन नगरेको प्रतिक्रिया दिनुभएको छ । उद्योगले मापदण्ड अनुसारको काम नगर्दा समस्या भएको र आफूहरुको गाउँपालिकामा सहमति गरेका वाचाहरु समेत पूरा नगर्दा समस्या देखिएको बताउनुभयो । उद्योगका कारणले प्रदूषण र डुबानमा परेको गुनासो बाहिर आएको विषयमा फेरि उद्योगसँग छलफल गर्ने प्रतिक्रिया दिनुभयो ।

यसैबिच, गौरीशङ्कर एग्रो इन्डष्ट्रिज प्रालिका प्रमुख टीका पोखरेलले आफूहरुका कारणले नभई वर्षा र बाढीले डुबानमा परेको हुनसक्ने बताउनुहुँदै बरु आफूहरुले प्रदूषण निणन्त्रण गर्ने उपकरणको प्रयोग गरेको दाबी गर्नुभयो ।

आफूहरुले ११ विगा क्षेत्रफलमा पशुपन्छी, माछा तथा कुखुराको दाना उत्पादन गर्ने गरी तीन वर्षअघि स्थापना गरेको र गत वर्षदेखि मकै खरिद गरी त्यसबाट दाना उत्पादन गरेर बजारमा पठाउँदै आएको पोखरेलले बताउनुभयो । उहाँले उद्योग आएपछि मात्रै डुबानमा नपरेको र त्यसअघि समेत होचो ठाउँ भएकाले केही डुबानमा पर्दैआएको समेत जानकारी दिनुभयो ।

उहाँले दाना उद्योगमा पानीको प्रयोग नहुने भएकाले प्रदूषण नभएको र केही मेसिन चल्दाको अवस्थाको प्रदूषण नियन्त्रण गर्ने उपकरणको प्रयोग गरेको प्रतिकृया दिनुभयो । उता जमुवा क्षेत्रका केही स्थानीयहरुले उद्योगको कारणले डुबान र प्रदूषण बढेको गुनासो गर्दै उद्योगविरुद्ध आन्दोलनको चेतावनी दिएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...