इरान र भारतविरुद्ध मैत्रीपूर्ण खेलका लागि महिला फुटबल टोली घोषणा

Published on

काठमाडौं, कात्तिक १ — इरान र भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली महिला फुटबल टोली घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सावित्रा भण्डारी ‘साम्बा’ को कप्तानीमा टोली घोषणा गरेको हो।

नेपालले कात्तिक ७ गते इरान१० गते भारतसँग सिलोङमा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।

युवा खेलाडीलाई पनि मौका

घोषित टोलीमा यु–२० राष्ट्रिय टोलीका पूर्णिमा राईमिना देउवालाई समेत समावेश गरिएको छ।

टोलीको मुख्य प्रशिक्षक नविन न्यौपानेले प्रशिक्षणमा रहेका खेलाडीहरूमध्येबाट अन्तिम टोली छनोट गर्नुभएको हो।


नेपाली महिला टोली:

  • सावित्रा भण्डारी (कप्तान)
  • अनिता बस्नेत
  • अन्जना राना मगर
  • एन्जिला तुम्बापो सुब्बा
  • बिमला बिक
  • दिपा शाही
  • हिरा कुमारी भुजेल
  • मनमाया दमाई
  • मिना देउवा
  • निशा थोकर
  • प्रीति राई
  • प्रतिक्षा चौधरी
  • पूजा राना
  • पूर्णिमा राई
  • रश्मी कुमारी घिसिङ
  • रेखा पौडेल
  • रेनुका नगरकोटी
  • सबिता राना मगर
  • सजनी थोकर
  • समीक्षा घिमिरे
  • सरस्वती हमाल
  • सरु लिम्बु
  • उषा नाथ
spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...