बागमती सरकारले तीन महिनामा बजेटको मात्र ६.१९ प्रतिशत खर्च गर्यो

Published on

काठमाडौं, कात्तिक ४
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब ६.१९ प्रतिशतमात्र खर्च गर्न सकेको छ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार साउनदेखि असोजसम्मको अवधिमा जम्मा रू ४ अर्ब १७ करोड ९१ लाख २६ हजार खर्च भएको छ। चालु आवका लागि सरकारले रू ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट विनियोजन गरेको थियो।

पौडेलका अनुसार खर्च भएको बजेटमध्ये चालु खर्च केही बढी भए पनि पुँजीगत खर्च भने निकै कम भएको छ।

तीन महिनाको अवधिमा विनियोजित बजेटमध्ये सबैभन्दा धेरै खर्च गर्नेमा प्रदेश लोकसेवा आयोगले १९.५५ प्रतिशत, प्रदेशसभा सचिवालयले १७.१९ प्रतिशत र मुख्य न्यायाधिवक्ताको कार्यालयले १५.३१ प्रतिशत खर्च गरेका छन्।

त्यस्तै, सबैभन्दा कम खर्च गर्नेमा संस्कृति तथा पर्यटन मन्त्रालयले जम्मा ०.८० प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ।

गत भदौ २३ र २४ मा सम्पन्न जेनजी प्रदर्शनीका कारण प्रदेश सरकारका भौतिक संरचना क्षतिग्रस्त भएका र सरकारी निकायहरू नियमित रूपमा सञ्चालन हुन नसकेकोले बजेट खर्चमा असर परेको सूचना अधिकारी पौडेलले जानकारी दिए।

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...