बागमती सरकारले तीन महिनामा बजेटको मात्र ६.१९ प्रतिशत खर्च गर्यो

Published on

काठमाडौं, कात्तिक ४
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब ६.१९ प्रतिशतमात्र खर्च गर्न सकेको छ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार साउनदेखि असोजसम्मको अवधिमा जम्मा रू ४ अर्ब १७ करोड ९१ लाख २६ हजार खर्च भएको छ। चालु आवका लागि सरकारले रू ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट विनियोजन गरेको थियो।

पौडेलका अनुसार खर्च भएको बजेटमध्ये चालु खर्च केही बढी भए पनि पुँजीगत खर्च भने निकै कम भएको छ।

तीन महिनाको अवधिमा विनियोजित बजेटमध्ये सबैभन्दा धेरै खर्च गर्नेमा प्रदेश लोकसेवा आयोगले १९.५५ प्रतिशत, प्रदेशसभा सचिवालयले १७.१९ प्रतिशत र मुख्य न्यायाधिवक्ताको कार्यालयले १५.३१ प्रतिशत खर्च गरेका छन्।

त्यस्तै, सबैभन्दा कम खर्च गर्नेमा संस्कृति तथा पर्यटन मन्त्रालयले जम्मा ०.८० प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ।

गत भदौ २३ र २४ मा सम्पन्न जेनजी प्रदर्शनीका कारण प्रदेश सरकारका भौतिक संरचना क्षतिग्रस्त भएका र सरकारी निकायहरू नियमित रूपमा सञ्चालन हुन नसकेकोले बजेट खर्चमा असर परेको सूचना अधिकारी पौडेलले जानकारी दिए।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...