चन्द्रपुरमा यात्रुवाहक बसमा आगलागी, पूर्णरूपमा नष्ट

Published on

काठमाडौं, कात्तिक ५

रौतहटको चन्द्रपुर नगरपालिका–४, पश्चिम लच्का नजिक बुधबार बिहान एक यात्रुवाहक बसमा अचानक आगलागी भएको छ।

काठमाडौँबाट चन्द्रपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ख ५५५५ नम्बरको बसमा ब्याट्रीको तार सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

बिहान ७ः२० बजे सुरु भएको आगो करिब ८ः१५ बजे नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक रुपा लाबुंगले जानकारी दिनुभयो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको संयुक्त प्रयासमा बारुण यन्त्रको सहयोगले आगो नियन्त्रणमा लिइएको हो।

घटनामा कुनै मानवीय क्षति नभएको बताउँदै डिएसपी लाबुंगले बस भने पूर्ण रूपमा जलेर नष्ट भएको जानकारी दिनुभयो।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...