युगान्डामा दुई बस एकआपसमा ठोक्किँदा ६३ जनाको मृत्यु

Published on

काठमाडौँ, कात्तिक ५

युगान्डाको प्रमुख कम्पाला–गुलु राजमार्गमा बुधबार बिहान भएको दुई बसबीचको ठक्करमा परी कम्तीमा ६३ जनाको ज्यान गएको युगान्डा प्रहरीले जनाएको छ। दुर्घटना मध्यरातपछिको समयमा भएको हो।

प्रहरीद्वारा सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मार्फत सार्वजनिक गरिएको विज्ञप्तिअनुसार दुर्घटना ओभरटेक गर्ने क्रममा भएको हो। बस चालकहरूमध्ये एकले ठक्करबाट जोगिन प्रयास गर्दा सन्तुलन गुमाएर बस पल्टिएको र त्यसपछि अरू चारवटा सवारीसाधन पनि चेन रियाक्सनमा परेर दुर्घटनामा संलग्न भएका थिए।

विज्ञप्तिमा भनिएको छ, “दुर्घटनामा संलग्न सवारीसाधनमा रहेका सबै यात्रुसहित ६३ जनाको मृत्यु भएको पुष्टि भएको छ।”

धेरै यात्रु गम्भीर घाइते भएको र उनीहरूलाई किर्याण्डोङ्गो अस्पताल तथा नजिकका स्वास्थ्य संस्थाहरूमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ। यद्यपि, घाइतेको संख्या र अवस्थाबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

युगान्डामा यसअघि पनि ओभरटेककै कारण ठूला सडक दुर्घटनाहरू भइरहेका भन्दै प्रहरी प्रवक्ताले चालक र यात्रु दुवैलाई सावधानी अपनाउन आग्रह गरेका छन्।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...